१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

भैरहवा । भैरहवामा सम्पन्न तेस्रो उपप्रमुख महिला कपमा सामुदायिक विद्यालयले सहभागिता जनाएनन् । राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद, महिलाका लागि खेलकुद भन्ने नाराका साथ भएको प्रतियोगितामा सामुदायिक विद्यालयले सहभागिता नजनाउँदा छात्राहरुलाई प्रतिष्पर्दाबाट बञ्चित हुन परेको हो । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा विगत ३ वर्ष देखि महिलाहरुलाई पुरुषसँग प्रतिस्पर्धा ग्राह्रो हुने, समानता, सुरक्षा र स्वास्थ्यलाई मध्यनजर गर्दै युवा महिलालाई लक्षित गरेर प्रतियोगिता आयोजना हुदै आएको छ । 

Advertisement

७३ विद्यालय रहेको सिद्धार्थनगरमा महिला कपमा १९ वटा विद्यालयले खेलको लागि प्रस्ताव दिएपनि १५ विद्यालयले मात्रै खेलमा सहभागिता जनाएका हुन् । सहभागीमध्ये एक विद्यालय मात्रै सामुदायिक रहेको छ । सामुदायिक विद्यालयले छात्राहरुलाई प्रतिष्पर्दामा नपठाउँदा खेदबाट बञ्चित हुन परेको छ । 

सिद्धार्थनगर शिक्षा समितिका सदस्य तथा भानु माविका प्रचार्य मोतिलाल सुवेदीले अपरझट पत्र आएकै दिन फोटो सहितको सहभागिता निवेदन दिनुपर्ने, गर्मी तथा अभ्यास समयको अभाव, परीक्षाको तयारी भएकोले सहभागि नगराएको बताए । शिक्षा तथा यूवा खेलकुद शाखा समितिलाई जानकारी समेत नगराई प्रतियोगिता आयोजना गरेको उनले दुखेशो गरे ।

उपप्रमुख उमा काफ्लेले कर्मचारी अभावले व्यवस्थापनको जिम्मा नगरपालकाले नलिएर आव्हानमा संस्थागत रुपमा दिएको हो, छात्राहरुको अधिकारलाई सुरक्षित गर्न गराइएको कार्यक्रममा सहभागी नै नगराउनु अधिकारबाट बञ्चित गराउनु नै रहेको बताइन । नारा नै महिलाहरुको लागि खेलकुद भएपनि विद्यालयको कारणले छात्राहरुलाई अधिकार दिदा पनि आफ्नो प्रष्फुटन र क्षमता देखाउन नसकेको उनले भनिन् ।  

उपाधि मनकामनालाई 
तेस्रो उपप्रमुख महिला कपमाको उपधि मनकामना वोर्डिङ स्कुलले पाएको छ । गत वर्षको विजेताले यस वर्ष पनि सबै भन्दा बढि मेडल प्राप्त गरी उच्च अंकका साथ उपाधि जित्न सफल भएको हो ।  जितसँगै विजेता ले महिलाकपको रनिगंशिल्ड सहित ३१ हजार नगद पुरस्कार र प्रमाण पत्र पाएको छ । यस्तै नेपाल नालान्दा आवसीय वोर्डिङ स्कुल महिला कपको उपविजेता भएको छ । गत वर्ष दुवै विद्यालयले समान अंक ल्याएर उपाधि जितेका थिए ।

भलिबवल तर्फ मनकामना हाई स्कुल प्रथम, युनिभर्सल हाई स्कुल द्वितीय र सिबी पब्लिक तृतीय भएको छ । उनीहरुलाई क्रमशा नगद २० हजार, १० हजार र ५ हजारले पुरस्कृत गरिएको व्यवस्थापकिय संस्था सामुहिक विद्यालय परिवारका अध्यक्ष मनोज कुमार यादवले जानकारी दिए ।  

वक्तृत्वकला प्रतियोगितामा नेपाल नालन्दाकी आयुषा ज्ञवाली प्रथम, जेसिस इगंलिस बोर्डिगं स्कुलकी कृति खनाल दोश्रो ,न्यू इरा स्कुलकी प्रिया गुप्ता तेस्रो भएकाी छन । त्यस्तै प्रतियोगिता उद्घाटन पूर्व भएको प्रभातफेरीमा सहभागी विद्यालय मध्ये प्रथम न्यू इरा ,दोश्रो जेसिज स्कुल र तेश्रो स्थान लुम्बिनी सृजनाले प्राप्त गरी पुरस्कृत भएका छन । हाजिरी जवाफ तर्फ मनकामना स्कुल प्रथम, न्यू इरा स्कुल द्वितीय । नेपाल नालन्दा तृतीय भएको विद्यालय परिवारका सचिव युवराज पोखरेलले बताए ।

चित्रकला तर्फ मनकामना स्कुलकी नेहा गुप्ता प्रथम, सिबी पब्लिक स्कुकी सकिना खातुन द्वितीय र लुम्बिनी सृजना स्कुलकी ओशिका जयसवाल तृतीय भएकी छन् । 

प्रतिकृया दिनुहोस्

Flash News

भूमि आयोगको सूचनापछि काठमाण्डौंमा थप आक्रामक बन्दै उपत्यका विकास प्राधिकरण नेत्रहीन टी-२० विश्वकपमा नेपाल, टोली आज भारत प्रस्थान हुँदै ठूला तीन दल खुम्चिदा नयाँ दुई दलको भयो उदय पहाडी क्षेत्रमा बदलीको सम्भावना सजिलो सहकारीको छैटौं अधिवेशन, अध्यक्षमा पुनः पोख्रेल बुटवल तथा सैनामैनाका यी स्थानमा आइतबार विद्युत अनियमित हुने (सूचनासहित) देवदहकी दिपा मृगौला रोगले पीडित, सहयोगका लागि परिवारको अपिल दाङमा चार महिनामै थपिए करिब तीन सय उद्योग, ६१ करोड बढीको पूँजी लगानी भैरहवामा मंसिर १८ देखि अन्तर विद्यालय टि-२० क्रिकेट अमरज्योतीको १४ औं वार्षिक साधारणसभा तिलोत्तमाको मेलामा दर्शकको चाप बढ्दै, शनिबार मात्रै ५० हजारले अवलोकन गरेको दाबी ‘परदेशको पसिनाको उचित प्रतिफल निकाल्न राज्यको ध्यान जानुपर्छ’ बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः ओम ज्ञवाली डुब्न थालेपछि रुपन्देहीका सहकारीहरु एक ठाउँमा, संकट टर्नेमा अभियान्ताहरुकै आशंका कमल थापाको पार्टीलाई समानुपातिकतर्फ कुन प्रदेशमा कति मत ? सरकार गठनबारे सबै विकल्पमा खुला राख्ने माओवादीको निर्णय विवाहमा रक्सी पिएर फर्किदा लडेर ४७ वर्षीय देव रावतको मृत्यु यस वर्ष नेपालको रेमिट्यान्स साढे आठ अर्ब अमेरिकी डलर पुग्न सक्छ : विश्व बैंक समानुपातिकतर्फ कुन दलले कति मत पाए ? कालिकाको कायापलट : उच्च शिक्षा सुरु गरेको ९ वर्षमै उत्कृष्ट बन्न सफल