ताजा अपडेट »

४ दिनदेखि काठमाण्डौंको आकाशमा तुवाँलो , आन्तरिक उडान प्रभावित

शुक्रबार, १८ चैत्र २०७८, १३ : १७
4 Shares

काठमाण्डौं । चार दिनदेखि आकाशमा लागेको बाक्लो तुवाँलोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट आन्तरिक उडान प्रभावित बनेको छ । विमानस्थलका अनुसार भिजिबिलिटी अपुग हुँदा भिएफआर प्रणाली जडित जहाजहरुबाट बिहानैदेखि उडान हुन सकेको छैन । भिएफआरबाट उडान गर्न कम्तीमा पाँच हजार मिटर भिजिबिलिटी हुनुपर्छ ।

तर, बिहानैदेखि भिजिबिलिटी तीन हजार मिटर मात्र रहेपछि देशैभरका ३५ वटामध्ये अन्तर्राष्ट्रिय उडान र आइएफआर प्रणालीको उडान मात्र भइरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । बाक्लो तुवाँलोका कारण बिहान ६ः३० बजेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देशैभर हुने भिएफआर प्रणालीका आन्तरिक उडान हुन सकेको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।