ताजा अपडेट »

रुपन्देहीको ओमसतीयाका २४ जनालाई जग्गाधनी पूर्जा

बुधबार, १६ चैत्र २०७८, २२ : ४२
2 Shares

भैरहवा । रुपन्देहीको ओमसतीया गाउँपालिका-२ करबलाका २४ घरधुरीलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । लामो समयदेखि भूमि नपाएका उक्त गाउँका २४ जनालाई बुधबार एक कार्यक्रमकाबीच नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले लालपूर्जा वितरण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाणले यस पटक छुटेका अन्य भूमिहीनलाई समेत छिट्टै लालपुर्जा वितरणको लागि पहल गरिने बताए । उनले जिल्लामा रहेका अन्य भूमिहीनलाई भूमि लाउन र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न कांग्रेसले पहिलो प्राथमिकता दिएको बताए । 

रुपन्देहीमा अहिले भूमिहीनको विवरण सकंलन र जग्गा नापजाँच भइरहेको भन्दै छिट्टै सबै भूमिहीनलाई भूमिको व्यवस्थापन गरिने उनले बताए । जिल्लामा राष्ट्रिय भूमि आयोग रुपन्देहीले जग्गा नापजाँच गरिरहेको छ ।

त्यस्तै नेता खाणले जन्मसिद्ध नागरिकतामा देखिएको समस्या समाधानका लागिसमेत पहल गर्ने बताए । उक्त वडाका वडाध्यक्ष ज्ञानेशा श्रेष्ठले लामो समयको संघर्षपछि भूमिहीनलाई भूमि दिलाउन सफल भएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।