ताजा अपडेट »

एनआरएनए विवाद : निर्वाचन राेकेर दुवै पक्षलाई छलफलमा आउन पाटन उच्च अदालतको अन्तरिम आदेश

सोमबार, ०७ चैत्र २०७८, १५ : २२
6 Shares

लन्डन । पाटन उच्च अदालतले गैरआवासीय नेपाली संघको निर्वाचन रोकेर छलफलमा आउन अन्तरिम आदेश दिएको छ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले सोही अदालतको आदेशविपरीत निर्वाचनको घोषणा गरेपछि दुवै पक्षलाई अदालतले बोलाएको हो ।

अदालतले निर्वाचन र महाधिवेशन प्रक्रिया तत्काल रोक्न पाटन उच्च अदालतले ९ चैतसम्मका लागि अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि बुधबार (९ चैत) मा बोलाउने र त्यतिन्जेलसम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न सोमबार अन्तरिम अल्पकालीन आदेश दिएको हो।

दुवै पक्षलाई आ-आफ्नो प्रमाणसहित छलफलका लागि अदालतले बोलाएको छ । अदालतको आदेशपछि घले समूहले निर्वाचन गराएमा मानहानिको मुद्दा दर्ता गर्ने अर्काे पक्षकाे तयारी छ । अदालतको फैसलापछि सहमतिका लागि नेतृत्वलाई दबाब बढेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।