ताजा अपडेट »

फोरलेन सडकको छेउछाउमा काटिएका रुखहरुको व्यवस्थापन भएन

आइतबार, २९ फागुन २०७८, २० : ५७
4 Shares

दाङ । दाङमा अलपत्र अबस्थामा रहेको फोरलेन सडकको छेउछाउमा काटिएका रुखहरुको उचित व्यवस्थापन नहुँदा खेर जाने अबस्था आएको छ । २०७७ साल असार २६ गते वन डिभिजन कार्यालय घोराही दाङमा भालुबाङ बाग्दुला भिमगिठे, चन्द्रौटा कृष्णनगर, लमही घोराही तुलसीपुर, सडक योजनाका तत्कालिन प्रमुख इन्जिनियर पारसमणी हमालले रुखहरु कटानका लागि सहमती पत्रमा हस्ताक्षर गरेका थियो ।

त्यस यता काटिएका सैयौँ रुखहरुको यथार्त लेखाजोखा नहुँदा अहिले सुकेर र गलेर जाने अबस्था आएको छ । कटान अघि एकिन भएका रुखहरु काटी सकेपछि समय मै वन डिभिजन कार्यालयमा हस्तान्तरण नहँुदा काठ बेवारिसे बनेको हो ।

झण्डै दुई बर्षदेखि सडक आयोजनाका प्रतिनिधि वन कार्यालयको सम्पर्कमा छैनन् । डिभिजन वन कार्यालयले २ पटक पत्र काटेर तोकेता गरिसकेको छ । तर सडक योजनाले अहिलेसम्म कुनै प्रतिकृया जनाएको छैन् । वन कार्यालयमा रुखको लगत र काठ एवं दाउराको परिमाण छ । तर ति काठको अबस्था के भन्ने बारेमा कार्यालय नै बेखबर रहेको छ ।

काटिएका रुखहरु तुलसीपुर उपमहानगरपालिका १८ दुधरासस्थित सोनापुर सिमेन्ट उद्योगको जग्गामा घाटगद्धी गरिएको भनिएको छ । तर ति काठको अबस्था के छ कुनै लेखाजोखा नभएको सहायक वन अधिकृत भक्तबहादुर चौधरीले बताए ।

दुई पटक तोकेता गरेर सम्झौता अनुसार काठ र दाउरा वन कार्यालयमा हस्तान्तरण गर्न भनेपनि उनिहरुले वास्ता नगरेका कारण काटिएका रुखहरु बेवारीसे बनेको उनको भनाई छ । घोराहीको कुईरेपानीदेखि तुलसीपुरको हात्तीखौवासम्मको फोरलेन सडकको छेउमा पर्ने १२ सय ७५ वटा रुखहरु कटाउन गर्नुपर्ने भन्दै नापजाँच भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।