ताजा अपडेट »

खस/आर्यतर्फको सहमहामन्त्रीमा देउवा समूहका राठौर निर्वाचित

शुक्रबार, ०२ पुस २०७८, १६ : १९
16 Shares

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा खस/आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर  निर्वाचित भएका छन्। 

शुक्रबार सम्पन्न अन्तिम मतपरिणामअनुसार सभापति शेरबहादुर देउवा समूहका राठौरले शेखर कोइराला समूहका  देवराज चालिसेलाई पराजित गरेका हुन्। राठौर २५७६ मत पाएर निर्वाचित भएका हुन् भने  चालिसेले २०५९ मत मात्र प्राप्त गरे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।