ताजा अपडेट »

गृहमन्त्री लामिछानेले गरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

विहीबार, ०३ जेठ २०८१, १३ : १६
46 Shares
विहीबार, ०३ जेठ २०८१
46 Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । विहिबार गृहमन्त्री लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्दै हवाई यात्रुले गर्दै आएका गुनासो, सुरक्षा संवेदनशिलता र अध्यागमनलाई थप प्रविधिमैत्री बनाउने विषयमा जानकारी लिएका छन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रस्थान र आगमन कक्ष, बोर्डिङ काउण्टर, अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्यागमन र प्रहरीका कार्यालय, भन्सार जाँचपास, लगेज व्यवस्थापनलगायत क्षेत्रको अनुगमन गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।