ताजा अपडेट »

‘सबैको स्वाभिमान र समृद्धिका लागि नागरिक पैलो अभियान’

विहीबार, ०३ जेठ २०८१, १४ : ०८
166 Shares
विहीबार, ०३ जेठ २०८१
166 Shares

भुवन अर्याल/ नागरिक पैलो अभियान (People Frist Campaign) नेपाली धर्तिमा यो भन्दा पैला कहिल्यै अभ्यासमा नआएको पृथक गैर दलिय राजनीतिक अभियान हो ।हामी नेपालीहरु राणाहरुको पालामा रैती , राजाको पालामा प्रजा , बहुदल र गणतन्त्रमा मतदाता भयौं । दलहरुको घोषणा पत्र तथा संबिधानमा सार्वभौम भने पनि नागरिकलाई कुनै पनि प्रकारले सम्बोधन गरिएन ।

राजनीति अमूक दलका नेता तिनका परिवार , आसेपासे र कार्यकर्ताको जागिर बन्न पुग्यो । दैदस्तुर , विभिन्न प्रकारको कर जरिवाना तिरिदिने र भोट हालेर राष्ट्र दोहनको वैधानिक लाइसेन्स दिने मात्र भयो । २०७९ मंसिर देखि देशका ६५ जिल्लाका विभिन्न गाउँ शहर घुमेर आम नागरिक संग राष्ट्र , सरकार , दल , पुलिस प्रसाशन , संसद , अदालत र विधिन्न संबैधानिक निकाय र सिङ्गो राजनीतिक व्यवस्थासमेतका बिषयमा छलफल अन्तरक्रिया तथा नागरिकका अपेक्षाहरु बारे केही निस्कर्ष निस्कियो । ती निस्कर्षहरुलाई मन्थन गरेर २०८० मंसिर ११-१२ मा काठमान्डौ कोटेस्वरमा बसेको भेलाले मूल रुपमा नेपाली नागरिकको अपेक्षा दुईवटा मात्र रहेछन् -
१ सबैको स्वाभिमान ।
२ सबैको समृद्धि ।

यी दुई अपेक्षा पूरा नहुनाका मूल पाँच समस्या  तिनलाई समाधान गर्ने  पनि पाँचै वटा समाधान  छन् भन्ने तथ्य अभियानले पस्केको छ  । जसको नाम" नागरिक पैलो अभियान" यसलाई मार्ग दर्शन गर्ने , नागरिक पैलो अभियानको घोषणा पत्र २०८०  जारि गर्यो । जस्लाई हामीले विभिन्न माध्यमबाट नागरिकको बिचमा पुर्याएका छौं । घोषणा पत्रलाई लिएर देशभर व्यापक छलफल र अन्तरक्रिया गरेपश्चात चैत्र १७ र १८ गते चितवनमा बसेको भेला तथा बैठकबाट २० बुंधे नागरिक दावि पत्रलाई अनुमोदन र सार्बजनिक गरेका छौं । लुम्बिनी प्रदेशको हकमा हामीले आगामी जेठ सम्म अभियानलाई नागरिकको पालिका तहसम्म पुर्याउँन विभिन्न मितिमा बिभन्न स्थानहरुमा भेला , बहस छलफल र आन्दोलनका बिषयबस्तुहरुबारे छलफल तय गरेका छौं । जस अनुसार जेठ ५ गते गुलरिया , ८ गते नेपालगञ्ज , १२ गते घोराही , १९ गते बुटवल र २६ गते बर्दघाट मा कार्यक्रमहरु हुनेछन् ।


यो अभियानमा जोडिएका व्यक्ति व्यक्तित्वहरु -
यो अभियानमा लागेका व्यक्तिहरु मंगलग्रहबाट बसाई सरेका आएकोहरु होइनौ । हाम्रा पृष्ठभूमि परिवर्तनकामी शक्तिहरु संगैका थिए  । जुनसुकै संगठनमा भएपनि हामीले आम नागरिकको अधिकारका निमित्त जेल नेल सहितका संघर्षमा समर्पित थियौं र हाम्रो बिगत गौरबपूर्ण नै छ ।  जुन उद्देश्यका निमित्त राजनीतिमा लागेको हो ती उद्देश्यमा पार्टीहरु नअडेको तथा तय गरेको उद्देश्य विपरित हिंडेकाले हामीले  राजनीतिलाई नागरिकको अधिकार र मुलुकको समृद्धितर्फ डोर्याउँने मार्ग तय गरेका हौं । प्रजातन्त्र , धर्मनिरपेक्षता , संघिय लोकतान्त्रिक गणतन्त्र मासेर राजतन्त्र या अरु कुनै निरङ्कुस व्यवस्था फर्कनु पर्छ भन्दैनौ । विगतमा भएका राजनैतिक परिवर्तन र ती परिवर्तनहरुमा बलिदान गर्ने माहाँन सहिद तथा नेत्रृत्वकर्ताहरुमा हाम्रो पूर्ण निस्ठा र सम्मान छ ।

वैकल्पिक राजनीतिको अभ्यास
विद्यमान ठूला पार्टी र तिनैका पृष्ठपोषक नयाँ पार्टीमा ठाउँ नपाएर सत्ता स्वार्थको माखे साङ्लो निर्माण गर्ने हेतुले हामीले यो अविभारा सुरु गरेका होइनौ । मुलुकलाई समृद्धिको यात्रामा लग्ने पवित्र नारा दिएर प्राप्त गरेको झण्डै दुईतिहायीको जनादेश सत्ताको भागबण्डा , गुटबन्दी र गैरसंबैधानिक हर्कतका कारण निस्प्रभावी रहन गयो ।

राजनीतिक स्थिरता र विकासको जनचाहाँना माथि तुषारापात भएकोले अघिल्लो स्थानीय , प्रदेश र संघिय संसदको चुनाबमा नेपाली नागरिकहरुको एउटा हिस्सा पुराना राजनीतिक दल र तिनका क्रियाकलापले मुलुक अगाडि बढ्न सक्दैन भन्ने कुराको संकेत मताधिकारकै माध्यमबाट पनि देखिएको गेरकाछन्  ।  बिगतमा भएका वैक्लपिक राजनैतिक अभ्यासहरुले परिणाम दिन सकेनन् । स्व. उज्वल थापा र त्य भन्दा अघि पनि यस्तो अभ्यास सुरु त भयो तर नेपाली जनताले पत्याएन भनौ या ठूलो त्याग , बलिदान , जेल नेल र यातना शहेर आएका ठूला पार्टीहरुले केही त गर्लान भन्ने भ्रम छरिरहे । घरि वाम एकता भन्ने घरि प्रजातान्त्रिक एकता भन्ने , कैले खानका निमित्त जुटे भाग नमिल्दा फुटे यो क्रम जारि नै छ । स्थानीय तह चुनाबमा केही शहरहरुमा जनताले ठूला पार्टीहरुलाई दण्ड दिए ।  नयाँ भनिएकाहरु कुनै बिगतको अँध्यारो फरकाउँनेमा लागे त कुनै पुरानाहरुकै पदचाँपमा शत्ता लिप्सामा देखिए ।

नागरिक पैलो अभियान मूलभुत मान्यताहरु -
राजनैतिक दलहरुमा पूर्ण आन्तरिक लोकतन्त्त्रको निमित्त प्राथमिक निर्बाचन कानुन निर्माणगरि दलहरुको नेत्रृत्व सदस्यहरुबाट प्रतेक्ष निर्बाचित गर्ने व्यवस्था हुनु पर्ने ।
- दलहरुले उठाउँने अपारदर्शि चन्दाको कारण भ्रष्टाचार , राजनीतिको खरिदबिक्रि , राजनीतिको अपराधिकारण तथा अपराधको राजनीतिकरण भएकोले त्यसलाई सुव्यवस्थित गर्न उपयुक्त प्रणाली विकास गरिनु पर्ने ।
- संबिधानमा प्रतेक्ष निर्बाचित राष्ट्रप्रमुखको व्यपस्था तथा संसदबाहिर बाट मन्त्रिमण्डल  गठन ।
- भ्रष्टाचारको छानबिन तथा कारबाही गर्न जनलोकपाल गठन  ।  भ्रष्ट   सेवा निवृत कर्मचारीहरु द्वरा सञ्चालित अख्तियारको खारेेजी ।
-  सरकारी  गैरसरकारी निकाय , उद्योग , प्रतिस्ठान , विद्यालय कलेज जस्ता कुनै पनि निकायमा पार्टी पिच्छेका संग संगठनहरु खारेज गर्नु पर्ने व्यक्तिले नेत्रृत्व गर्ने साझा र स्वतन्त्र ट्रेड युनियनको व्यवस्था गर्ने ।

- ७७ जिल्लामा रहेका जिल्ला संरचना खारेजी तथा पालिका स्तरमा गृह , प्रराष्ट्र , भूमिव्यवस्था लगायतका सेवाहरुको उपलब्धता ।
- विद्यमान प्रदेशसभाको सट्टा सबै पालिकाका निर्बाचित प्रमुख तथा उपप्रमुखहरु सम्मिलित बर्षमा दुईपट बस्ने प्रदेश सभा तथा प्रतेक्ष नर्बाचित मुख्यमन्त्री र उनैले बनाउँने सानो आकारको संघ तथा स्थानीय तह बिचको समन्वयकारी प्रदेश सरकार ।
- नागरिकको शिक्षा , स्वास्थ्य र रोजगारी जस्ता कुरा संबिधानले सुनिश्च्चित गरेको छ त्यो उपलब्ध हुनु पर्छ । खास गरेर कुनै पनि नागरिक बिमारि भएपछि उपचार पैले हुनु पर्छ । अस्पतालहरुमा धरौटी राखेर मात्र उपचार हुने पद्धतिको अन्त हुनु पर्छ ।
- दलहरु आफ्ना घोषणापत्र र मूल्यमान्यताहरु अनुरुप चल्नु पर्छ । चुनाब अघि गरेको गठबन्धन छोडेर सत्ता स्वार्थको लेनदेनमा संलग्न हुने राजनीतिको घृणित खेल बन्द हुनु पर्छ ।
- संसारभरका देश संग सौहाद्र सम्बन्ध बनाउँने प्रराष्ट्र नीति हुनु पर्छ । छिमेकी लेशहरुको सुरक्षा संबेदनशीलता र उनीहरुको चासोको सम्मान गर्दै कुनै पनि विदेशी शक्ति संग नझुक्ने र अनावश्यक रुपमा नभुक्ने नीति अवलम्बन गरिनु पर्छ भन्ने जस्ता कुराहरु हामीले नागरिक दाविपत्रमा उल्लेख गरेका हौं ।

अभियानले राजनीतिक दलको स्वरुप ग्रहण गर्न सक्छ ?
हामीले यो अभियान सञ्चालन गर्दा विद्यमान राजनैतिक व्यवस्था र संबिधान कार्यान्वयनमा भएका तृटिहरुलाई सच्याएर या परिमार्जन गरेर जानु पर्छ भनेका छौं । राजतन्त्र फर्काउँने या निरङ्कुसतातर्फ फर्किन चाहाँनेहरु बाहेक सबैलाई हाम्रो अभियानको ढोका खुला छ । दलहरु अमूक नेताका प्राइबेट लिमिटेड कम्पनि जस्ता भैरहे भने एउटा वास्तविक वैकल्पिक राजनीतिक शक्ति आवश्यक हुन सक्छ । यश बिषयमा स्वतन्त्र व्यक्ति तथा हिजो देखिनै वास्तविक रुपमा वैकल्पिक राजनीतिको निमित्त क्रियाशिल समूहहरुसंग हामी सम्वादमै छौं । खास गरेर गत संसदिय चुनाबमा हामीले पनि स्वतन्त्र व्यक्ति तथा रास्वपाहरु विकल्प हुन सक्छन् भनेर भोट उनीहरुलाई प्रतेक्ष अप्रतेक्ष भोट हाल्यौं भट माग्यौं । संसदमा चौथो शक्तिको रुपमा आएको शक्तिले पुरानै दलहरु संग मिलेर वैकल्पिक राजनीतिका प्रति घात गर्यो । ऐले रास्वपा भित्रको ठूलो शक्ति नेत्रृत्वको रबैया संग असहमत छ । यो परिस्थितिमा हाम्रो अभियानले एउटा राजनीतिक दलको स्वरुप ग्रहण गरि हाल्यो भने पनि अभियानलाई दिर्घकालिन रुपमा राजनीतिलाई निस्पक्ष र स्वतन्त्र रुपमा खवरदारी गरिरहने समूह रहिरहन सक्छौं । किनकि आज देशमा कुनै स्वतन्त्र नागरिक समाज , उपभोक्ता मञ्च जस्ता संस्थाहरु छैनन् । हरेक व्यक्ति तथा संस्थाहरु विद्यमान राजनीतिक दलहरुको संक्रमणमा पारिएका हुनाले स्वतन्त्र निकाय खाँचोलाई पूरा गर्न हामी कुनै दलमा आवद्ध नभैकन नागरिक अधिकारका निमित्त रहिरहने स्वतन्त्रता पनि हुनेछ।

अन्तमा
हाम्रो अभियानले लुम्बिनी प्रदेशका पाँवटा जिल्लमा वर्तमान समसायिक राजनीतिका बिषयमा नागरिक दायित्वबारे वुद्धिजिवीहरु संग अन्ततर क्रिया गर्दै छौं । राजनीतिलाई भ्रष्टाचार , मानवतस्करी ,   राजनीतिको अपराधीकरण अपराधको राजनीतिकरण गर्नेहरुलाई कतै प्रतेक्ष अप्रतेक्ष हजुर हाम्रो सहयोग त भएको छैन ? कतै हामी जानि नजाने आफ्नो संततिहरुको भविस्यलाई  अन्धकार तिर धकेलिरहेका त छैनौ ? यस्ता बिषयहरु बारे बहस र छलफल गरौं । यसै सन्धर्वमा
जेठ ५ मा  बर्दियाको गुलरिया
जेठ ८ मा  बाँकेको नेपालगञ्ज
जेठ १२ मा दाङको घोराही
जेठ १९ मा रपन्देही बुटवल
जेठ २६ मा नवलपराँसी मा कार्यक्रम गर्दै छौं ।  ती कार्यक्रमहरुमा आफूलाई पाएक पर्ने स्थानमा यहाँहरुको सहभागिताको नमित्त हामी अपिल गर्दछौं ।
सबैको स्वाभिमान र सबैको समृद्धिको निमित्त नागरिक पहिलो अभियान  - जिन्दावाद !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।