ताजा अपडेट »

३३ सय मत गन्दा गगनलाई २१६४ मत, विश्वप्रकाशलाई १३२८

विहीबार, ०१ पुस २०७८, १४ : १६
4 Shares

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ।  अहिलेसम्मको मत परिणाममा दुई युवा उम्मेदवार गगन थापा र विश्वप्रकाश शर्मा जिततर्फ अग्रसर भएका छन्।

३३२० मत गणनामा गगनले २१६४ मत पाएका छन्। दोस्रो स्थानमा विश्वप्रकाश शर्मा छन्। उनले १३२८ मत पाएका छन्। यस्तै प्रकाशशरण महतले १०९२ मत पाएका छन्। प्रदीप पौडेलले ९९९ मतसहित महतलाई पछ्याइरहेका छन्। 

यस्तै महामन्त्री अन्य उम्मेदवार मिनेन्द्र रिजाल र राजाराम कार्की धेरै पछि परेका छन्। रिजालले ५८८ मत पाउँदा कार्कीले ७६ मत पाएका छन्।

नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः
३३२० मतगणनामा

गगन कुमार थापा २१६४

विश्व प्रकाश शर्मा १३२८

प्रकाश शरण महत १०९२

प्रदिप पौडेल ९९९

मिनेन्द्र रिजाल ५८८

राजाराम कार्की ७६

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।