ताजा अपडेट »

कांग्रेस महामन्त्रीको २१२० मतगणना: गगन र विश्वप्रकाशले बढाए अग्रता, कसको कति मत?

विहीबार, ०१ पुस २०७८, १३ : १९
10 Shares

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म २१२० मत गणना भइसकेको छ । सुरूदेखि स्पष्ट अग्रता कायम राखिरहेका गगन थापाको १३८५ मत आएको छ । दोस्रोमा रहेका विश्वप्रकाश शर्माले ८५१ मत ल्याएका छन् ।

देउवा प्यानलका उम्मेदवार प्रदीप पौडेल र प्रकाशशरण महतको क्रमश: ६२१ र ६९८ मत आएको छ ।

निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार पछिल्लो नतिजा यसप्रकार छ :

गगन थापा १३८५
प्रदीप पौडेल ६२१
विश्वप्रकाश शर्मा ८५१
मीनेन्द्र रिजाल ३६५
राजाराम कार्की ५९
प्रकाशशरण महत ६९८

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।