ताजा अपडेट »

कांग्रेस महामन्त्रीको १०२० मतगणना: गगन-विश्वप्रकाशले अग्रता फराकिलो बनाउँदै

विहीबार, ०१ पुस २०७८, १२ : ४४
6 Shares

काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको महामन्त्री पदको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार १०२० मत गन्दा गगन थापाले सर्वाधिक  ६५८ मत पाएका छन् ।

यस्तै विश्वप्रकाश शर्माले ४०४ मत ल्याएका छन् भने प्रदिप पौडेलले ३२० मत प्राप्त गरेका छन् । मतगणनामा गगन–विश्वप्रकाशले अग्रता बढाउँदै लगेका छन् । 

यस्तै प्रकाशशरण महतले ३४२ र मीनेन्द्र रिजालले १७५ मत पाएका छन् ।  यस्तै राजाराम कार्कीले ३९ मत ल्याएका छन् । काँग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदा एक मतदाताले २ जनालाई भोट हाल्न पाउँछन् । अर्थात एक मतपत्रमा दुई जनालाई भोट हाल्न पाइन्छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।