ताजा अपडेट »

कबाडको काम गर्नेलाई ४५ करोडको सजाय माग

सोमबार, २० मंसिर २०७८, १५ : ४१
8 Shares

भैरहवा । राजस्व अनुसन्धान विभागले कबाड कारोबारीलाई ४४ करोड ७३ लाख ८५ हजार ९५८ रुपैयाँ सजाय माग दावीसहित राजस्व अनुसन्धान कार्यालय बुटवलबाट उच्च अदालतमा मुद्दा दायर गरेको छ ।

सम्मरीमाई गाउँपालिका–६ स्थायी ठेगाना भएका कशौधज कबाड सप्लायर्स (स्थायी लेखा नम्बर ३०५१४३०२४) का प्रोपाईटर ३२ वर्षिय प्रमोद कुमार गुप्ता र गोविन्द कुमार कसौधन समेतको नाममा उक्त बिगो बराबरको सजाय माग गर्दै कार्यालयले मुद्दा दायर गरेको हो । कार्यालयले आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त फर्मले राजस्व चुहावट गर्ने मनसायले अन्य फर्मको नामबाट सामान खरिद गरि उक्त समान बिभिन्न ब्यक्तिहरुलाई बिक्रि गरि सोको लेखांकन नगरि मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको आरोप लगाएको छ ।

कार्यालयले राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेधित सोही ऐनको दफा ४ (क), (ख) (ज) र (झ) बमोजिमको कसुर पुष्टि भएकोले सोही २ (छ १)ले हुन आउने मूल्य अभिवृद्धि कर तर्फ ६ करोड ३१ लाख ४८ हजार २ सय ६६ रुपैया र आयकर तर्फ १६ करोड ५ लाख ४५ हजार २ सय १३ रुपैया समेत गरि २२ करोड ३६ लाख ९३ हजार ४ सय ७९ रुपैया विगो असुल उपर हुने गरि मुद्दा दायर गरेको हो ।

यस्तै विगो बराबर नै शत प्रतिशत २२ करोड ३६ लाख ९३ हजार ४ सय ७९ रुपैया गरि जम्मा ४४ करोड ७३ लाख ८५ हजार ९५८ रुपैयाँ र ३ बर्ष सम्मको कैद सजायको मागदावी सहित मुद्दा दायर गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।