ताजा अपडेट »

चिसो बढ्दै जाँदा सञ्जिबले ल्याए 'चर्को घाम'

आइतबार, १९ मंसिर २०७८, २० : २१
6 Shares

बुटवल । नेपाली सांगीतिक क्षेत्रमा समर नामले परिचित सञ्जिब न्यौपानेको ‘चर्को घाम’ बोलको गीत बजारमा आएको छ । चलचित्र तथा लोक दोहोरी क्षेत्रमा यस अघिपनि छोटा चलचित्र र कैयौं गीतहरु बजारमा ल्याएका उनले पछिल्लो समय मर्मस्पर्शी गीत चर्को घाम बजारमा ल्याएका हुन् ।

श्रीमानले धन कमाएर परिवार पाल्न धेरै कष्ट झेल्ने तर श्रीमतीले उक्त दुःख नबुझ्ने गरेको नेपाली समाजको तितो सत्य समरले गीत मार्फत प्रस्तुत गरेका छन् । गीतमा श्रीमतीले उनी सहित दुई छोराछोरीलाई छाडेर गएको दृष्य देखाइएको छ ।

गीतमा चर्चित लोक तथा दोहोरी गायिका देवी घर्ती मगर र गायक प्रदिप त्रिपाठीको स्वर रहेको छ । गयक त्रिपाठीकै शब्द तथा संगीत रहेको गीतमा समर न्यौपाने, सञ्चिता शाही र सञ्जु पौडेलको अभिनय रहेको छ । साथै बाल कलाकारका रुपमा सौगात मल्ल र आयुषा कण्डेललाई पनि गीतमा देख्न सकिन्छ ।

समरले रोक्न खोज्दा पनि सञ्चिता सञ्जुसँग गएको गीतमा देख्न सकिन्छ । राकेश सोनीको गीतको एरेन्ज रहेको गीतको निर्देशन कपिल लामाले गरेका छन् ।

गीतको छ्याङ्कन बिपिन चौलागाईले गरेका छन् । चर्को घामको अडियो तथा भिडियो भने हर्टबिट नेपालले गरेको छ भने पोष्ट प्रोडक्सन समर क्रिएशनले गरेको छ । शिब पौडेलको सम्पादन तथा कलर रहेको गीत आज बिहान सञ्जिब न्यौपाने युटुब च्यानल मार्फत बजारमा आएको छ ।

https://youtu.be/kExwnKCQpFM
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।