ताजा अपडेट »

बुटवलका सुनिल लागुऔषधसहित पक्राउ

आइतबार, १९ मंसिर २०७८, १४ : ३९
8 Shares

बुटवल । रुपन्देहीको बुटवल दिपनगरका सुनिल गौचन अवैध लागुऔषधसहित पक्राउ परेका छन् । बुटवल–७ दिपनगर स्थित आफ्नै घरबाट २५ वर्षिय गौचनलाई शुक्रबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीले उनको घरमा खानतलासी गर्दा सेरिज्याक १३ एम्पुल, नुफिन १३ एम्पुल, फेनरागन १३ एम्पुल, सिरिन्ज १२ थान र ३ थान मोबाईलसहित पक्राउ गरेको हो । थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।