ताजा अपडेट »

नेपालमा थप २५५ जनामा कोरोना संक्रमण, २ को मृत्यु

मंगलबार, १४ मंसिर २०७८, १७ : ५१
6 Shares

बुटवल । नेपालमा थप २५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ३२९ र एन्टिजेन विधिबाट २ हजार १४० जनामा परिक्षण गर्दा २५५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २१ हजार ३६६ र एन्टिजेनबाट ९५ हजार ४९८ जना पुगेको छ । यस्तै, आज थप २५६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख २ हजार ९०९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५२६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९३१ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।