ताजा अपडेट »

एमालेको महाधिवेशनप्रति लुम्बिनीका मुख्यमन्त्रीको आपत्ति, भन्छन्- 'नारायणीबाट देवघाट जाँदैछ'

मंगलबार, १४ मंसिर २०७८, १४ : ३७
4 Shares

बुटवल । मुलुकको ठूलो राजनीतिक दल, प्रमुख प्रतिपक्ष नेकपा एमालेको १० औं महाधिवेशनले शिर्ष दल तथा गठाबन्धनमा रहेका दलहरुको विशेष ध्यान केन्द्रित गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्ला चितवनमा वृहत जनसहभागितासहित सुरु भएको महाधिवेशन अहिले अन्य दललाई आलोचना गर्ने खुराक बनेको छ ।

यसैक्रममा लुम्बिनीका मुख्यमन्त्री कुल प्रसाद केसीले पनि गुल्मी पुगेर महाधिवेशनलाई लिएर एमालेप्रति खनिएका छन् । पार्टीको कार्यक्रमका लागि गुल्मी पुगेका केसीले सरकार र विकास भन्दापनि एमालेका गतिविधिमै केन्द्रित भएर भाषण गरे । उनले नेकपा माओबादी केन्द्र गुल्मीको दोस्रो अधिवशनलाई सम्बोधने ओली नेतृत्वको एमाले कुनै पनि हालतमा कम्यूनिष्ट हुन नसक्ने आरोप समेत लगाएत । उनले भने ‘यतिबेला नेकपा एमाले नारायणी किनारमा पुगेको छ,अब बिस्तारै देवघाटमा समेत पुग्ने छ ।’ । नारायणी नदिको उद्घाटन सत्रलाई गरिब निमुखा जन्ताहरुलाई तमासा देखाएको उनको भनाइ थियो ।

उनले माओवादीले मात्रै कम्यूनिष्ट भएको बताउँदै समाजबादको नेतृत्व आफ्नै पार्टीले गरिरहेको दाबी गरे । उनले नारायणी नदिमा पुगेको एमाले धुर्कोटबाट २०६४ सालको जस्तै उदाएको माओवादी अब पहिलो पार्टी हुने जिकिर गरे । उनले धुर्कोट गाउँपालिकामा भैरहेको बिकासलाई जिल्लाको मात्र नभै देशकै नमूना भएको बताउँदै अरुले पनि सिक्न आग्रह गरे ।

माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका सह–इन्चार्ज समेत रहेका केसीले प्रदेश सरकारकै मातहतमा बैंकको स्थापना गर्ने र सहि बैंकबाट सहुलियत दरमा कर्जा प्रवाह गरि बेरोजगारहरुलाई स्वरोजगार बनाउने नीति अगाडि सारिएको जानकारी गराए ।

कार्यक्रममा सो पार्टीका प्रदेश कमिटि सदस्य बुद्धि जिसि ,धुर्कोट गाउपालिका प्रमुख लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।