ताजा अपडेट »

टिपिएल : पाल्पा लिजेण्ड्सलाई पराजित गरी मणिग्राम किङ्गस विजयी

मंगलबार, २८ असोज २०७६, १७ : ३३
8 Shares

असोज २८,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी तिलोत्तमा प्रिमियर लिग (टिपिएल) को चौथो दिनको दोस्रो खेलमा मणिग्राम किङ्गसले पाल्पा लिजेण्ड्सलाई पराजित गरेको छ । टस जितेर व्याटिङ रोजेको मणिग्रामले १३२ को योगफल बनाउन सफल भएको थियो । जवाफमा पाल्पा लिजेण्डस्ले सबै विकेट गुमाउँदै मात्र १२८ रन बनाएको थियो । ४ रनको दुःखद हार व्यहोरेको पाल्पा लिजेण्ड्सले खेलको सुरुवातदेखि नै मणिग्रामलाई दबाबमा राखेको थियो । तर, बलिङको अन्त्य र व्याटिङको सुरुवातमा कमजोर प्रस्तुती हुनाले झिनो रनले पराजित हुन पर्यो ।

तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ । त्यसैगरि प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद २० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट वलरलाई नगद १० हजार साथै इमर्जिङ प्लेयरलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगितामा १ टिमलाई फेयर प्ले अवार्ड अन्तर्गत नगद ४० हजार साथै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई नगद १ हजार ५ सयले पुरस्कृत गरिने आयोजकले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।