ताजा अपडेट »

प्राविधिक र स्वास्थ्य सेवातर्फ लोकसेवा आयोगले खुलायो ठूलो संख्यामा भर्ना

बुधबार, २४ कार्तिक २०७८, ०८ : १९
4 Shares


काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवा (आठौं, सातौं) मा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । 

आयोगले आज बुधबार गोरखापत्रमा सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन आह्वान गरेको हो । तृतीय श्रेणी प्राविधिकमा १६३ जनाका लागि विज्ञापन आह्वान भएको छ भने  संघीय संसद सेवा (प्राविधिक) का लागि ७ सिट छुट्याइएको छ ।

यसैगरी, स्वास्थ्य सेवा आठौँ तहका लागि ४२ र स्वास्थ्य सेवा सातौँ तहका लागि ५६ जना माग गरिएको छ ।

१४ मंसिरभित्र आवेदन दिइसक्नुपर्ने पनि आयोगले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।