२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाडौं । निर्देशक दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘प्रकाश’ आउँदो वर्ष मात्र प्रदर्शनमा आउने भएको छ । प्रि-प्रोडक्सनमा रहेको फिल्मको सम्पादनको काम लगभग सकिएको जनाउँदै निर्देशक राउतले आउँदो वर्ष मात्र प्रदर्शनमा आउने बताए ।

Advertisement

‘संवत् फिल्म यो वर्ष प्रदर्शनमा आउँदैन । किनकि हामी भन्दा अगाडी नै तयार भएका फिल्महरू छन् । त्यसैले हामीले अन्यसँग डेट नजुध्ने हिसाबले रिलिज घोषणा गर्ने छौँ,’ निर्देशक राउतले भने । उनले फिल्मलाई राम्रोसँग तयार गरेर मात्र रिलिज घोषणा गर्ने योजना सुनाए ।

‘हामीले रिलिज घोषणा गरेर पनि फिल्मको काम छिटोछिटो सकाउने गरेका छौं । तर यसपटक काम सकाएर मात्र रिलिज घोषणा गर्ने तयारी छ,’ उनले भने । फिल्ममा प्रदीप खड्का, रेनु योगी, दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, नीरज पन्थी (आँपे), हुम बिसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहनेछ ।

जुम्लाको एक निम्न वर्गीय परिवारको युवाले सरकारी स्कुलको शिक्षक बन्न गर्ने संघर्षको कथा भन्ने फिल्मलाई विकास सुवेदीले लेखेका हुन् ।

फिल्ममा तारा प्रकाश लिम्बु, एलिसा कार्की, दीपक शर्माको संगीत रहेको छ भने उत्तम प्रधानको साउन्ड, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र जीवन थापाको सम्पादन रहनेछ । बिनिस् इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

Flash News

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु करेन्ट लागेर २५ वर्षीया प्रशानाको मृत्यु पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुसदेखि सञ्चालनमा आउने महजोडीको फिल्म ‘महापुरुष’को प्रदर्शन कात्तिकमा आगो लगाएर ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास बुटवलमा लेडी जेसीज सप्ताह २०२२ सुरु अन्तरछिमेक पार्टीगत सम्बन्ध जन्मदिनको अवसरमा पाण्डेले सुरु गरिन् विद्यालयमा खाजा कार्यक्रम, रोटरी क्लबले निरन्तरता दिने बुटवलमा बालबालिका लक्षित कोभिड विरुद्धको दोस्रो मात्रा खोप