२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

सार्कका महासचिवसहितको टोली ।

बुटवल । सार्कका महासचिव इसला विराकुनले बौद्ध दर्शनले सार्कका मुलुकहरुलाई एकआपसमा जोड्ने काम गरेको बताएका छन् । सार्कमा रहेकामध्ये दुई वटामात्रै बौद्ध राष्ट्र भएपनि अन्य मुलुकमा पनि बुद्धिष्ट र बौद्ध संस्कृति उत्तिकै महत्वपूर्ण रहेको उनले बताएका । लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै महासचिव विराकुनले नेपालबाट शान्तिको सन्देश विश्वभर फैलिरहेको बताए । बुद्धका सन्देशले सार्कमात्रै नभई विश्वलाई नै शान्ति र करुणामय राख्ने विश्वास उनले विश्वास गरे ।

Advertisement

लुम्बिनी बौद्ध विश्वविद्याललाई सार्कका अन्य मुलुकका विश्वविद्यालयका शैक्षिक कार्यक्रमसंग जोड्नका लागि आफूले सहयोग गर्ने उनले बताए । ‘सार्कका मुलुकहरुबीच सामाजिक र सांस्कृतिक सम्बन्ध विस्तार गर्नुपर्छ, बुद्ध दर्शन त्यो महत्वपूर्ण पाटो हो, उनले भने । विद्यार्थीहरुलाई एकअर्का मुलुकमा अध्ययन गर्न पठाएर सार्कबीचको बलियो सम्बन्ध कायम हुन सक्ने उनले बताए । सो अवसरमा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले विश्वविद्यालयले सार्कमार्फत अन्य देशसंग प्राज्ञिक उन्नयनमा सहकार्य गर्न खोजिरहेको बताए । उनले महासचिवलाई समन्वयका लागि आग्रह समेत गरे ।

विश्वविद्यालयले विदेश विद्यार्थीलाई अध्यापन गराइरहेको र त्यसमा सार्क मुलुकका विद्यार्थीलाई लुम्बिनीमा ल्याई बौद्ध दर्शनको पठनपाठन गर्नका लागि सार्क सचिवालयबाट पहल गरिदिन आग्रह गरे । १० वर्षे रणनीति बनाइरहेको विश्वविद्यालयलाई आवश्यक सुझाव दिन समेत महासचिवलाई उनले अनुरोध गरे । विश्वविद्यालयले श्रीलंका र भारतका केही विश्वविद्यालयसंग सहकार्य गरिरएको जनाकारी दिदै उनले अन्य देशमा पनि सहकार्यलाई अघि बढाइने बताए ।

सो अवसरमा विश्वविद्यालयका डीनहरु डा. माणिकरत्न शाक्य, प्रा.डा. रामचन्द्र पौडेल, प्राध्यापक डा. संकिच्च महास्थविरले लुम्बिनी बौद्ध विश्वविद्यालयले बौद्ध दर्शन अध्ययन र अनुसन्धान तथा बौद्ध स्थलको उत्खनन् सम्बन्धी गरेका प्राज्ञिक गतिबिधिको बारेमा जानकारी गराएका थिए ।

सार्क महासचिव विराकुन नेतृत्वमा आएको टोलीमा उनकी पत्नि एवं श्रीलंकन राष्ट्रपतिको विदेश विभाग पूर्व निर्देशक क्रिशान्ति विराकुन, श्रीलंकन महाविहारका इन्चार्ज पन्नसरा थेरो, युएनडीपी लुम्बिनी कार्यालय प्रमुख सुदीप अर्याल, पर्यटन व्यवसायी कृष्ण अधिकारी लगायत सहभागि रहेका थिए । टोलीले लुम्बिनी बौद्ध विश्वविद्यालयपरिसरको बौद्ध स्तुपा, केन्द्रीय क्याम्पसको अवलोकन गरेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रपतिबाट नागरिकता विधेयक अस्वीकृत दाजुभाई मिलेर बहिनीको प्रेमीको हत्या चर्चमा आगलागी, ४१ जनाको मृत्यु प्यूठानमा जीप दुर्घटना, नौ जना घाइते लुम्बिनी सरकारको प्रगति : तालिम गोष्ठिदेखि कर्मचारीको विवरण सार्वजनिकसम्म पाल्पामा सोमप्रसाद भर्सेस ठाकुर गैरे !, अर्को क्षेत्रमा कसको चर्चा ? बुटवल उपमहानगरको न्यायिक समितिले गर्‍यो ६ वटा विवाद निरुपण थप ४५५ जनामा कोरोना संक्रमण, २ को मृत्यु बजेट अधिवेशनमै धमाधम कानुन निर्माण १३ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेकाे आरोपमा पक्राउ मेयर बालेनज्यू, तपाइँ असफल हुनु भएन : पूर्वसचिव शारदा त्रिताल आत्मनिर्भर हजुरआमाहरू संघीय सरकारविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू नै धर्नामा गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ