ताजा अपडेट »

कपिलबस्तु बुद्धभूमिका जनप्रतिनिधिकै पसलमा अवैध पटाका

सोमबार, १५ कार्तिक २०७८, २१ : ०९
15 Shares

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले तिहार लक्षित बजार अनुगमन सुरु गरेको छ । पालिकाले सोमवारबाट बजार अनुगमन सुरु गरेको छ । आज पहिलो दिन ग्रामिण क्षेत्रमा बिक्री गर्न राखिएका म्याद गएका बस्तु र पटाका बरामद गरिएको छ । नगरपालिकाको वडा नं. ७ मानपुर सेखुनियामा रहेको आर के इलेक्ट्रिकलबाट ठुलो संख्यामा पटका वरामद गरिएको हो । पसलका संचालक राम किशोर रैदास बुद्धभुमी नगरपालिका ७ का वडा सदस्य शान्ति देवी चमाइनका छोरा समेत हुन ।

चाडपर्वमा नागरिकको स्वास्थ्य र सुरक्षाको लागि ग्रामिण भेगका पसलमा अनुगमन गरेको थियो । सोमबार पालिकाको वडा नं. ६ र ७ को अनुगमन भएको नगरपालिका उद्योग बाणिज्य तथा सहकारी अधिकृत विजय भुसालले बताए । अनुगमनका नियम विपरित रहेका सामाग्री जफत गर्नुका साथै पसल संचालकलाई सचेत समेत गराएका थिए । अनुगमन टोलीले पटका, खाद्य सामाग्री, श्रंगारका सामाग्री, सुर्ती तथा मदिरा जन्य पदार्थको अनुगमन गर्दै नियम विपरित भएको जपत गरिएको थियो ।

संचारकर्मी, प्रहरी, व्यवसायी तथा समाजसेवी सहितको टोलीले तिहार लक्षित गरि नेपाल भित्राइएको बिस्फोटक पदार्थ (पटाका) समेत बरामद गरिएको थियो । बरामद भएका सामाग्रीलाई खाल्टोमा पुरेर नष्ट गरिएको बताइएको छ । दसैँ अगाडी देखी सुरु भएको बजार अनुगमन प्रभावकारी देखिएकोले निरन्तरता दिनु पर्ने बुद्धभूमि उद्योग बाणिज्य संघका कोषाध्यक्ष शोभाखर बन्जाडेले बताए ।

यता पालिकाले अनुगमन सुरु गरे पछि स्थानीय जनताले समेत खुसी व्यक्त गरेका छन् । चाडपर्वको समयमा व्यापारीले गुणस्तरहिन सामाग्री बेच्दै जनताको स्वास्थ्यमा खेलवाड गर्ने गरेका पटक पटक उजागर भएकोले नगरपालिकाले समयमा अनुगमन गर्दा व्यापारी सचेत हुनुको साथै जनता लाभान्वित हुने बुद्धभुमी ४ का कृष्ण गिरीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।