ताजा अपडेट »

रोहितको सिरिजमा पनि पुलिसकै कथा

सोमबार, १५ कार्तिक २०७८, १९ : २४
10 Shares

काठमाडौं । हलिउडझैँ बलिउडमा पनि सिनेम्याटिक युनिभर्स बनाउने तयारीसाथ निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ तयार गरेका छन् । ‘सिंघम’बाट पुलिसको कथालाई फिल्ममा देखाइरहेका रोहितले त्यसलाई सिम्बा र सूर्यवंशीसम्म पुर्‍याइसकेका छन् । पुलिसकै कथामा तीनवटा फिल्मलाई दर्शकमाझ ल्याइरहेका रोहितले बलिउड फिल्ममा 'कप युनिभर्स' तयार गरिसकेका छन् ।

कप युइनिभर्समा ‘सिंघम’बाट सिम्बा हुँदै सूर्यवंशी साम सामेल छन् । अब उनले पुलिसकै कथालाई सिरिजमा समेत देखाउने तयारी थालेका छन् । 

आउँदो वर्ष सन् २०२२ मा छायांकन हुने सिरिजका लागि रोहितले सिद्धार्थ मलहोत्रालाई कास्टसमेत गरेका छन् । केही समय अगाडि सिद्धार्थ अभिनित फिल्म 'शेरशाह' हिट भएपछि एक पटक पुनः त्यस्तै भूमिकामा रोहितले देखाउने तयारी गरिरहेका छन् । यसबारे रोहितले सिद्धार्थसँग भेटघाट गरेर कुराकानीसमेत अगाडि बढाइसकेका छन् । 

प्राइम अमेजन भिडियोमा प्रिमियर हुने सिरिजलाई सुशान्त प्रकाशले निर्देशन गर्नेछन् । यद्यपि, यसको कथा, एक्सन डिजाइन सम्पूर्ण रोहितकै परामर्शमा तयार हुनेछ ।

यो सिरिजलाई रोहितको प्रोडक्सन कम्पनीले निर्माण गर्दै छ । रोहितले सिरिजमै पनि प्रहरीको लुकेको वीरताको कथालाई प्रस्तुत गर्ने तयारीअनुरूप सुरुवात थाल्दै छन् । उनले यसलाई निरन्तरता दिने बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।