२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

रामपुर । ढकमक्क फुलेका सयपत्री फूल देख्दा कस्को पो मन लोभिदैन र घरका आँगन वरिपरि, बगैँचाभरि फुलेका फूलले सौन्दर्य मात्र नभई तिहारको चहलपहल बढाएको छ । रामपुरका युवा व्यवसायी दिलबहादुर थापाले लगाएको सयपत्री फूलले यतिखेर सबैको मन लोभ्याएको छ । यहाँ तिहारलाई फूल खरिद, अवलोकन तथा टिकटक बनाउन, फोटो र भिडियो खिच्न जानेको आकर्षण छ । बुटवल, तानसेन, नेपालगञ्जलगायत विभिन्न बजारबाट फूलको माग अत्यधिक आएको छ तर स्थानीयलाई नै प्राथमिकता दिने गरी यस पटक भने बाहिरी बजारमा निर्यात नगर्ने थापाले बताए ।

Advertisement

“विभिन्न ठाउँबाट फूल चाहियो भनेर व्यापारीले फोन गरिराखेको छ, स्थानीयबाट पनि माग उत्तिकै भएको हुँदा अहिले सबै फूल रामपुरमा नै खपत गर्नेछु”, उनले भने । यतिबेला घर अगाडिको धान फल्ने खेतभरि पहेँलै फुलेको फूलसँगै फोटो खिचाउने, टिकटक बनाउने, भिडियो खिच्नेको लर्को देख्दा आनन्दानुभूति लागेको उनी बताउँछन् ।

उनले तिहारलाई लक्षित गरी करिब चार रोपनी जग्गामा फूल लगाएका छन् । यस पटकको तिहारमा मात्रै फूल बिक्रीबाट करिब रु एक लाख ५० हजार बराबरको आम्दानी गर्ने उनको लक्ष्य छ । एक मालाको रु १५० र एक किलो फूलको मूल्य रु ५०० कायम गरिएको छ । युवा उद्यमी थापाले तीन वर्ष अघिदेखि फूलको व्यावसायिक खेती गरेका हुन् । तरकारी खेतीमा लागेका थापाले परीक्षणका रुपमा सयपत्री फूल लगाएका छन् । उनले यसमा ग्राहकको आकर्षण र माग बढेपछि व्यावसायिक रुपमा खेती गरिरहेका छन् ।

यसभन्दा अघि तीन पटक सयपत्री फूलको उत्पादन लिइसकेका छन् । तरकारी खेतीको तुलनामा फूलबाट दोब्बर कमाइ गर्नसक्ने उनको अनुभव छ । उनी भन्छन्, “आम्दानीका हिसाबले हेर्ने हो भने फूलबाट धेरै कमाउन सकिन्छ, यहाँ व्यावसायिक खेती अन्यत्र नहुँदा पनि माग धेरै आउँछ, तर पुर्याउनै सकिँदैन, व्यवसाय विस्तार गर्दै जानुपर्ने छ ।”

उनले वैदेशिक रोजगारीको एक दशकको अनुभवपश्चात् गाउँ फर्केर तरकारी र फूल व्यवसाय एकैसाथ अगाडि बढाएका छन् । यस व्यवसायमा थापाका श्रीमती सुकमाया सारुले सघाउँदै आएकी छन् । श्रीमान् श्रीमतीको अहिले दिनचर्या नै फूल टिप्ने, माला तयार पार्नेजस्ता कार्यमा बितेको छ । घर वरिपरि जताततै फुलेका फूलले रमाइलो मात्र नभई परिवारको आयस्रोत बढाएको सुकमाया बताउँछिन् । “फूल उत्पादन गर्न थालेपछि हाम्रो परिवारको पहिचान नै फेरिएको छ, यहाँ दैनिक अवलोकन गर्न आउनेको चहलपहल देख्दा रमाइलो लाग्छ, आम्दानी पनि भयो, हेर्दा सुन्दरता दिने फूलले सबैलाई लोभ्याएको छ”, उनले भने ।

उनले पहिलो वर्षको तिहारमा करिब रु एक लाख, दोस्रो वर्ष (गत वर्ष) करिब रु दुई लाख ५० हजार फूल बिक्रिबाट आम्दानी गरे । रामपुर नगरपालिकामा नयाँ र पहिलो व्यवसाय भएकाले पनि यस क्षेत्रमा हुने विभिन्न कार्यक्रम, शुभकार्यमा यसको प्रयोग बढ्दो छ । तीन वर्ष अघि नगरपालिकाले बुटवलमा एक हप्ताको पुष्प व्यवसायसम्बन्धी तालिममा पठाएपछि थापाले लगत्तै खेती सुरु गरे । नयाँ र पहिलो व्यवसाय भए पनि परीक्षणका क्रममै सबैको आकर्षण बढाउन थालेपछि यतिखेर यहाँको व्यवसायले चर्चा पाएको छ । फूलसँगै करिब दश रोपनी जग्गामा तरकारी व्यावसाय छ ।

“दश वर्षसम्म बहराइन बसियो, विदेशको धेरै अनुभव भयो, त्यहाँको पीडा र व्यथा जसले भोग्यो उसलाई मात्रै थाहा हुन्छ, अहिले गाउँ फर्केर तरकारी र फूल लगाउन थालेपछि परिवारको साथमा खुसीसाथ जीवन बिताएको छु”, थापाले भने । फूल अभाव हुँदै जाँदा कृत्रिम मालामा आकर्षण बढेका बेला यहाँ युवाले थालनी गरेको पुष्प व्यवसाय नमूना बनेको सञ्चारकर्मी सीता डोटेल बताउँछिन् ।

“पछिल्ला समय गाउँघरमा फूल कम उत्पादन हुँदै गरेका बेला यहाँ थालनी गरिएको सयपत्री फूलले छोटो समयमा धेरै चर्चा बटुलेको छ, लोप अवस्थामा रहेको फूललाई संरक्षण गर्दै व्यावसायिक ढङ्गबाट खेती गर्न युवालाई उप्रेरित गराउँदै सम्बन्धित स्थानीय सरकारले सहयोगका कार्यक्रम ल्याएमा निरन्तरता पाउनेछ”, उनले भने । युवा उद्यमी थापाको पुष्प व्यवसाय पाल्पाकै नमुना बनेको छ । पाल्पामै व्यावसायिकरुपमा थापाले रामपुरमा खेती सुरु गरेका छन् । कम लगानीमा छोटो समयमा राम्रै आम्दानी गर्न सकिने हुँदा थापाले क्रमिकरुपमा क्षेत्रफल बढाउँदै गए । रामपुरभित्र विभिन्न सङ्घ संस्थाको आयोजनामा हुने विविध कार्यक्रममा यहाँ उत्पादन भएको फूल प्रयोगमा आउने गरेको छ । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु करेन्ट लागेर २५ वर्षीया प्रशानाको मृत्यु पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुसदेखि सञ्चालनमा आउने महजोडीको फिल्म ‘महापुरुष’को प्रदर्शन कात्तिकमा आगो लगाएर ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास बुटवलमा लेडी जेसीज सप्ताह २०२२ सुरु अन्तरछिमेक पार्टीगत सम्बन्ध जन्मदिनको अवसरमा पाण्डेले सुरु गरिन् विद्यालयमा खाजा कार्यक्रम, रोटरी क्लबले निरन्तरता दिने बुटवलमा बालबालिका लक्षित कोभिड विरुद्धको दोस्रो मात्रा खोप