ताजा अपडेट »

तिलोत्तमा लगानी सम्मेलन :१६ अर्बका दुई परियोजनामा हस्ताक्षर

शुक्रबार, १० असोज २०७६, ०९ : १८
8 Shares


असोज १०,

ग्लोबल आवाज
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनमा पहिलो चरणमा (बिहिबार रातीसम्म) १६ अर्बका दुई वटा परियोजनाको सम्झौता पत्रमा हस्ताक्षर भएको छ । स्वदेशी तथा बिदेशी लगानी भित्राउने उद्देश्यले आयोजना गरिएको लगानी सम्मेलनमायुकेआइडिको सिप र रोजगार प्रवद्र्धन कोष तथा नेपाल बैकद्वारा प्रदान गरिने सहुलियत कर्जा परियोजनाको सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

समझदारी पत्रमा नगरपालिकोतर्फबाट नगर प्रमुख बासुदेव घिमिरे र परियोजनाकोतर्फबाट सिप र रोजगार प्रवद्र्धन कोषकोतर्फबाट बलजित बोहोरा र नेपाल बैकद्वारा प्रदान गरिने सहुलियत कर्जा परियोजनाकोतर्फबाट पासाङ दोर्जेले हस्ताक्षर गरेका छन् । हस्ताक्षर भएका दुई परियोजनामा युकेआइडिको सिप र रोजगार प्रबद्धन कोष स्थापना तथा नेपाल बैकद्धारा प्रदान गरिने सहुलियत कर्जामा (महिला उद्यमसिलता, बिपन्न बर्ग कर्जा, सिमान्तकृत बर्गका लागि कर्जा, बैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई कर्जा, कृषि सामुहिक जमानी कर्जा) रहेको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।

लगानी सम्मेलनको पहिलो दिनमा १६ अर्बको लगानी प्रतिबद्धता आएको छ । सम्मेलनको क्रममा बिहिबारसम्म ३० वटा परियोजना प्रस्ताव आएका छन् । ति मध्ये २४ वटा परियोजनाको आशय पत्र खोलीएको छ । सबै आशय पत्र खोल्दा लगानीको प्रतिबद्धता बढ्ने अपेक्षा नगरपालिकाले लिएको छ । अन्य १० परियोजनामा प्रराम्भीक समझदारी कायम भएको नगरपालिकाका प्रेस सल्लाहकार बिपि गौतमले जानकारी दिए । नगरपालिकाले लगानी सम्मेलनपछि तोकिएको अवधिसम्म आउने परियोजनाका लागि विभिन्न कर छुटको अफर गरेको छ । रिडी हाइडो पावर, अन्नपूर्ण एग्रो, स्मार्ट एएसी नेपाल, उत्तम एग्रो प्रोडक्सन, सन आउटडोर प्रा.लि. लगायतका कम्पनीले लगानी प्रतिबद्धता जनाएका छन् ।

निजी क्षेत्रबाट आएको लगानी प्रतिबद्धताले आफूहरु निकै उत्साहित भएको नगर प्रमुख बासुदेव घिमिरेले बताए । लगानी सम्मेलनमा आएका लगानीकर्ताहरुले आगामी दिनमा समग्र रुपन्देहीमा लगानीका लागि आफूहरु तयार रहेको प्रतिबद्धता जनाएका छन् ।बिदेशी लगानीकर्ताले समेत परियोजनाको सम्झौता गरिने अपेक्षा गरिएपनि पहिलो दिन भने कुनै पनि बिदेशी लगानीकर्ताले परियोजना सम्झौतामा हस्ताक्षर गरेका छैनन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।