ताजा अपडेट »

रुपन्देहीमा ट्याक्टरसहित ७ लाख बढीको अवैध काठ बरामद

आइतबार, १४ कार्तिक २०७८, १८ : ५३
4 Shares

बुटवल । रुपन्देहीमा ट्याक्टरसहित ७ लाख ५० हजार बराबरको अवैध काठ बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मिति आईतबार बिहान रोहिणी गाउँपालिका ४ पकडीहवा स्थित लु २ त ४६११ नम्बरको ट्याक्टरमा लोड गरी राखेको अबैध सगुन र बकाईनो ७ लाख ५० हजार (ट्याक्टर सहित) बराबरको ५२ गोलिया काठ फेला पारी बरामद गरेको हो ।

उक्त ट्याक्टरसहित काठ बरामद गरि आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय रुपन्देही पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।