४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

पाँचदलीय गठबन्धन

Advertisement

काठमाडौं। एउटा महत्पवूर्ण कारण भनेको २८ असारको परमादेश र त्यसले सिर्जना गरेका सहउत्पादनहरू नै हुन् । यसको समाधानका लागि जडमै जानुपर्छ । 

यसमा प्रधानन्यायाधीशसँग त्यस एजलासमा रहेको न्यायाधीशहरूको पनि उत्तिकै जवाफदेहिता रहन्छ । एउटालाई दोष दिएर उरु उम्किन मिल्ने हामी देख्दैनौँ । अहिले जुन ढंगले पूर्व-प्रधानन्यायाधीशहरू तथा राजनीतिक दलसँग आबद्ध भएका मिडियाहरूले यस विषयमा जसरी चर्चा गरिरहेका छन्, यसले न्यायालयमा भएको विकृतिलाई हटाउने किसिमको देखिँदैन । यो बहस विशेष रूपमा एउटालाई हटाउने र अर्कोलाई ल्याउने स्वार्थबाट प्रेरित भएको देखिन्छ । यो समीक्षा समस्या समाधानको होइन । त्यसैले यसमा हाम्रो रुचि छैन ।

जुन ढंगले राजनीतिक विषयमा अदालत प्रवेश गर्यो र निश्चित राजनीतिक दलका स्वार्थका लागि अदालतको जुन ढंगले दुरुपयोग भयो अहिलेका समस्याको परिणाम पनि त्यही नै हो भन्ने हामी ठान्छौँ । हामी न्यायालयको समग्रको सुधारको पक्षमा छौं । पाँचदलीय गठबन्धनको स्वार्थका लागि न्यायालयको जसरी प्रयोग गरियो, यसैको परिणाम हो यो । 

निश्चित राजनीतिक स्वार्थ समूह अथवा अरु स्वार्थ समूहको हितमा न्यायालयलाई प्रयोग गरिएको छ, त्यसमा हाम्रो रुचि छैन र त्यो कुनै समाधान पनि हैन । न्यायाधीशको विरुद्ध कुनै महाअभियोग लगाउनुले समस्या समाधान हुन्छ भन्ने हामीलाई लाग्दैन । यो चाहिँ एक खालको दबाब हो । केही स्वार्थ समूहले निश्चित न्यायाधीशलाई थर्काएर आफ्नो अनुकूल मुद्दा फैसला गराउनका निम्ति गरेको दबाबको रणनीति हो । यो गलत छ र यसमा हाम्रो कुनै चासो छैन ।-(एमाले प्रवक्ता ज्ञवालीसँग कुराकानीमा आधारित)

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओली अस्वस्थ बुटवलको कालिकानगरमा मोटरसाइकल दुर्घटना हुँदा गुल्मीका ४० वर्षीय ज्ञवालीको मृत्यु रुपन्देहीको मायादेवी अध्यक्षमा पुनः कांग्रेसका चौधरी तिनाउ नदिमा डुबेर बुटवलका ८ वर्षिय रिदमको मृत्यु अर्घाखाँचीको सन्धिखर्कमा एमालेसँग गठबन्धन पराजित मतगणना सकिएका चितवनका तीनवटै पालिकामा एमाले विजयी नेप्से झिनो अंकले सुधार बुद्धका ज्ञान बाँड्दै बुटवल लेडि जेसिज पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी भरतपुरमा रेनुलाई १९ सय ६ मतको अग्रता गठबन्धनलाई पराजित गर्दै देवदह नगरपालिकाको प्रमुखमा एमालेका ध्रुव खरेल विजयी भारतसँगको असमान व्यापार सम्बन्ध सच्याऔँ : बाबुराम भट्टराई निर्वाचन आयोगले दियो बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्देशन कालिकाका शिक्षकका लागि पुनर्ताजगी तालिम बुटवलमा बम बिस्फोट गराउने ३ जना पक्राउ युवाको हातमा सर्दै स्थानीय सरकारको साँचो बालेन साहले पाएको मत दलप्रतिको आक्रोश : हरिबोल गजुरेल विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई भैरहवामा विजय जुलुसमा हिँडेकाे मिनी ट्रक दुर्घटना : २४ जना घाइते, ६ गम्भीर दाङको गढवा गाउँपालिकामा माओवादीका शर्मा विजयी