ताजा अपडेट »

आज एल क्लासिकोमा बार्सिलोना र रियल म्याड्रिड भिड्दै, कस्तो छ आँकडा ?

आइतबार, ०७ कार्तिक २०७८, ०७ : २२
26 Shares

काठमाडौँ । आज यस सिजनको पहिलो एल क्लासिको हुदै छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नेउमा हुने रियल म्याड्रिड र बार्सिलोनाबीचको यो एल क्लासिको  यस सिजनको पहिलो हुने छ ।यस सिजनमा शानदार शुरुवात गरेको रियल म्याड्रिड र औसत शुरुवात गरेको बार्सिलोनाबीचको यो खेल फुटबल प्रेमीहरुका लागि प्रतिक्षाको खेल रहेको छ ।

रियल म्याड्रिडले यस सिजनमा राम्रो शुरुवात गर्दै ८ खेलमा ५ जित र २ बराबरी र एक हार खेलेको छ र लिगमा १७ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै बार्सिलोना भने अहिलेसम्म ८ खेलमा ४ जित, ३ बराबरी र एक हारसहित १५ अंकसहित सातौ स्थानमा रहेको छ ।लियोनेल मेसीको बहिर्गमनपछि बार्सिलोना विजयी लयमा देखिएको छैन । लिग शुरु हुनु अन्तिम समयमा एन्टोनी ग्रीजम्यानले समेत क्लब छोडेपछि बार्सिलोनाको खेल औसत देखिएको छ ।

यस सिजनमा औसत शुरुवात गरेको बार्सिलोनाक म्यानेजर रोनाल्ड कोम्यान पद बचाइराख्न दबाबमा रहेका छन् । उनको रणनितिको स्पेनिस मिडिया र खेल विश्लेषकहरुले आलोचना गरिरहेका छन् । पछिल्लो समय सर्जियो अग्युरो ठिक भएर टिममा फर्किएपछि र लामो समयदेखि फर्ममा नदेखिएका फिलिप कोटिन्हो पनि लयमा फर्किएकाले बार्सिलोनाको आत्मविश्वास बढेको देखिएको छ ।

त्यस्तै रियल म्याड्रिड भने करिम बेन्जमाको नेतृत्वमा यस सिजनमा राम्रो लयमा रहेकाले यो एल क्लासिको रोचक हुने अनुमान गर्न सकिन्छ ।   

एल क्लासिकोको आँकडा

एल क्लासिकोमा रियल र बार्सिलोना अहिलेसम्म कुल २७९ खेल खेलेका छन् । जसमा रियल म्याड्रिडले १०२ र बार्सिलोनाले ११५ खेल जितेको छ भने ६२ खेल बराबरी भएका छन् ।त्यस्तै ला लिगा अन्तर्गतका एल क्लासिको खेल भने १८२ वटा भएका छन् । जसमा रियल म्याड्रिडले ७५ खेल जितेको छ भने बार्सिलोनाले ७२ खेल जितेको छ । त्यस्तै ३५ खेल बराबरीमा सकिएका छन् ।

सबै भन्दा बढी एल क्लासिको खेल्ने खेलाडी सर्जियो रामोस र लियोनेल मेसी हुन् । दुवैले ४५-४५ खेल खेलेका छन् भने अहिले दुवैले आ-आफ्नो क्लब छोडिसकेका छन् ।

त्यस्तै एल क्लासिकोमा धेरै गोल गर्ने खेलाडी लियोनेल मेसी हुन् । मेसीले कुल २६ गोल गरेका छन् । त्यस्तै अलफ्रेडो डी स्टेफेनो र क्रिस्टियानो रोनाल्डोले १८-१८ गोल गरेका छन् ।अन्तिम एल क्लासिको खेल गएको अप्रिल १० मा भएको थियो । सो खेल रियल म्याड्रिडले २-१ गोल अन्तरले जितेको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।