ताजा अपडेट »

राष्ट्रियसभाको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ टेबल

सोमबार, १४ माघ २०७५, ०७ : ४४
8 Shares


माघ १४ ,काठमाडौँ, । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ लाई टेबल गर्नुभयो ।

आजको दोस्रो बैठक शुरु हुनेबित्तिकै नेपाली काङ्ग्रेसका सांसदहरु आ–आफ्ना स्थानबाट उठी बैठकलाई अवरोध गर्नुभएको थियो । अवरोधका बीचमा नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले आजको शून्य, विशेष समय नहुने र दैनिक कार्यसूचीबाट विभिन्न बुँदा हटाएको जानकारी दिनुभयो ।

यसपछि नेपाली काङ्ग्रेसका सांसद आ–आफ्ना आशनबाट उठी रोष्टम अगाडि गई नाराबाजी गरिरहनुभयो । नाराबाजीका बीचमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ लाई टेबल गर्नुभयो ।

अध्यक्ष तिमल्सिनाले बैठक आधा घण्टाका लागि बैठक स्थगन गर्नुभयो । राष्ट्रियसभाको आजको पहिलो बैठक पनि नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको थियो । आफ्ना शीर्ष नेता स्व गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई सरकारले कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकामा आपत्ति जनाउँदै काङ्ग्रेसले आजको बैठक सञ्चालनमा अवरोध गरेको हो ।

यसअघि माघ दुई र सात गतेको बैठक पनि काग्रेसले सोही कारण अवरुद्ध गरेको थियो । मन्त्रिपरिषद्को हालैको बैठकले देशका विभिन्न नौ वटा ठूला अस्पताल सङ्घअन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको थियो । तर जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र ९तनहुँ० र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल ९बाँके० कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने निर्णय नगरेको बताइन्छ । यसमा काङ्ग्रेसले आपत्ति जनाउँदै आएको छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।