ताजा अपडेट »

जब विवाहित मलाइकाको प्रेममा परे अर्जुन कपूर

शनिबार, ०६ कार्तिक २०७८, ०८ : ५९
40 Shares

मोडलिङबाट बलिउडमा प्रवेश गरेकी मलाइका अरोडाले सन् १९९८ मा फिल्ममा कदम राखेकी थिइन् । उनले सुरुवातमा मणिरतनमको फिल्म ‘दिल से’ को आइटम नम्बर ‘छैया–छैया’ देखि ‘इन्डियन’, ‘मां तुझे सलाम’, ‘कांटे’, ‘हे बेबी’, ‘वेलकम’, ‘हाउसफुल’, ‘दबंग’, र ‘हाउसफुल–२’ जस्ता फिल्ममा पनि उनले आइटम नम्बर गरेकी थिइन् ।

मलाइकाले ‘ईएमआई’ मा मात्र फिल्ममा काम गरेकी छन् । उनी कुशल डान्सर र टेलिभिजन होस्ट हुन् । मलाइकाको फिल्म निर्देशक अरबाज खानसँग सम्बन्धविच्छेद भइसकेको छ । उनको एक छोरा छन् ।

उनी सुपरस्टार सलमान खानको परिवारकी हुन् । तर, उनी विवाहित हुँदाहुँदै पनि अभिनेता अर्जुन कपूर उनको प्रेममा परे । उनीहरुबीच उमेरको पनि धेरै अन्तर छ । मलाइका अहिले ४८ वर्षकी भइन् भने अर्जुन कपूर ३६ वर्षका भए । यी दुई प्रायः चर्चामा आइरहन्छन् ।

अर्जुन अरबाज र मलाइकाको परिवारसँग नजिक थिए । तर, पछि अर्जुनसँग प्रेममा परेपछि मलाइका र अरबाजको सम्बन्धविच्छेद भयो । अर्जुन र मलाइकाको उमेर अन्तरका कारणले पनि उनीहरु धेरै चर्चामा आइरहन्छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।