ताजा अपडेट »

मोतीपुर घटनामा मारिएकालाई क्षतिपूर्तिको माग

शुक्रबार, ०५ कार्तिक २०७८, १५ : २८
8 Shares

भैरहवा । मोतीपुर औद्योगिक कोरिडोरमा ज्यान गुमाएका परिवारका सदस्यले उचित क्षतिपूर्ति सहित दोषीलाई कार्यवाहीको माग राखेका छन् ।
तराई मधेश जनता पार्टी (टाईगर्स) ले शुक्रबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो माग अगाडी सारेका छ ।

मोतीपुरमा प्रहरीले आत्मरक्षाको लागी नभई निर्दोष नेपालीहरुलाई लक्षित गरि गोली चलाएको उनिहरुको आरोप रहेको छ । मोतीपुरमा दोषी रहेको भए पक्राउ गरेर आवश्यक कार्यवाही गर्ने अवश्था हुदा हुदै पनि प्रहरीले नियन्त्रणमा लिई गोली हानेको मृतक रमेश परियारका भाई बिष्णु परियारले आरोप लगाए ।

तराई मधेश जनता पार्टी (टाईगर्स) ले मोतीपुर घटनामा परि ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति संगै जग्गाको ब्यवस्थापन, मृतकका छोराछोरीलाई शिक्षा र परिवारलाई सरकारी नोकरी दिनु पर्ने माग अघि सारेको छ । सरकार गम्भिर नभई माग पुरा नगरे पार्टी शशक्त आन्दोलनमा जाने पार्टीका केन्द्रिय सचिव मेजर पाण्डेले जानकारी दिए ।

सरकारले आवश्यक छानबिन गरि वास्तविक भुमिहिनलाई मोतीपुरमा रहेको खाली सरकारी जग्गामै जग्गाको ब्यवस्थापन गर्नु पर्ने उनिहरुमो माग रहेको छ । “सरकारी लगानीमा रहेका बुटवल धागो कारखाना, भृकुटी पेपर मिल, सुनवल चिनी मिल लगायतका उद्योगहरु सञ्चालन गर्न सकेको छैन अहिले फेरी औद्योगिक क्षेत्रको नाममा सरकारले नै अनुचित रुपमा मोतीपुरको जग्गा कब्जाको प्रयास गरेको छ ।” पुजारी समेत रहेका कोटिहवाका ध्रुव शर्माले भने ।

शर्माका अनुसार मोतीपुर घटनामा परि अझै पनि ५ जना बेपत्ता रहेका छन् । तर बेपत्ताहरुको नामबारे सञ्चारकर्मिले राखेको जिज्ञासामा उनले नाम पछि सार्वजनिक गर्ने बताए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा