ताजा अपडेट »

अदालती मिलापत्रमा विश्वास घट्यो

शुक्रबार, ०५ कार्तिक २०७८, १३ : ४८
8 Shares

दाङ । अदालतमा मुद्दा परिसकेपछि अदालतले र्ने मेलमिलाप नीतिमा विश्वास कम देखिएको छ । मुद्दारत पक्षहरूमा लिइएको मेलमिलाप नीति अदालतमा कमजोर देखिएको छ । उच्च अदालत तुलसीपुरमा विगत तीन वर्षको मुद्दाहरूलाई मेलमिलाप नीतिमा पठाइएको अवस्था हेर्दा सेवाग्राहीले मिलापत्रमा विश्वास नदेखाएका हुन् ।

मेलमिलापका लागि पठाइएका मुद्दाहरू न्यून मात्रामा मात्र सफल हुने गरेको उच्च अदालतल तुलसीपुरका रजिष्ट्रार यामबहादुर बुढामगरले बताए । उनले वादी प्रतिवादीले मेलमिलावमा विश्वास नगर्ने, बरु सर्वोच्च अदालतसम्म नै जाने योजना देखिँदा मेलमिलावको अवस्था अदालतमा सन्तोषजनक नभएको बताए । अदालतमा गएका पारिवारिक, लेनदेन, व्यापारिक प्रकृतिका मुद्दालाई मिलापत्रका रूपमा प्रस्ताप गरिने गरेको बुढामगरले बताए । उच्चमा आएका कम मात्र मुद्दा मेलमिलापमा जाने र मिलापत्र भएर आउने उनले बताए । 

चालु आर्थिक वर्षको अहिलेसम्ममा एक थान मुद्दा मात्र मिलापत्र भएको छ । असोज मसान्तसम्म मेलमिलाप हुन सक्ने मुद्दाको संख्या १२३ वटा  रहेकोमा १६ वटा मेलमिलापमा पठाइएको थियो । त्यसमा एकवटा मुद्दा मात्र मिलापत्र भएको देखिएको छ । चालु आर्थिक वर्षमा उच्च अदालतमा मेलमिलाप भएको मुद्दा हेर्दा ६ दशमलव २५ प्रतिशत देखिन्छ । आर्थिक वर्ष २०७७/७८मा मुद्दाको संख्या ११८ वटा, मेलमिलापमा पठाइएको ४२ वटामा १० मुद्दा मिलापत्र भएका छन् । आर्थिक वर्ष २०७६/७७ मा मुद्दाको संख्या १३६ रहेकोमा मेलमिलापका लागि सातवटा पठाइएको थियो । जसमा दुईवटा मुद्दा मात्र मिलापत्र भएर टुङगिएका छन् । 

आर्थिक बर्ष २०७६÷७७मा मुद्दा संख्या १९४ रहेकोमा मेलमिलापका लागि ११४ मुद्दा पठाइएको थियो । जसमा २९ मुद्दा मिलापत्र भएको देखिएको छ । मेलमिलापमा यो अवस्था आउनुमा मिलापत्रकर्ता कम हुनु, तालिम प्राप्त दक्ष जनशक्तिको अभाव र मुद्दाकर्ताहरूमा इगो देखिनु मुख्य कारण भएको उनले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।