२१ मंसिर २०७८, मंगलवार

Dec 7, 2021

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को ८० औं अन्तर्राष्ट्रिय समन्वय परिषदको भर्चुअल बैठकले कार्य समितिको निर्वाचन तथा महाधिवेशन आगामी ३० नोभेम्वर २०२१ भित्र गर्ने वातावरण मिलाउने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा १६ अक्टोर २०२१ मा बसेको बैठकले गैरआवासीय नेपाली संघको विधानको धारा १३ को उपधार २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिनाको लागि थप गर्ने निर्णय समेत गरेको छ ।

Advertisement

बैठकले संघको महाधिवेशन प्रतिनिधिहरुको सम्बन्धमा आएका गुनासा सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसँगको परामर्शमा टिओआरसहित एक स्वतन्त्र समिति गठन गर्ने र सो समितिको सुझावको आधारमा आएका प्रतिनिधिहरुको नामावलीलाई निर्वाचन समितिमा पठाउने निर्णय गरेको हो । 

गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधिहरुका सम्बन्धमा आएका गुनासाहरुलाई सम्वोधन गर्न संघ सक्षम रहेको र संघको मुल्य, मान्यता र गरिमालाई उच्च राख्न छिटो भन्दा छिटो महाधिवेशन सम्पन्न गरि नेतृत्व हतान्तरण गर्न वर्तमान कार्यसमिति प्रतिबद्ध रहेको प्रवक्ता डिबि क्षेत्रीद्वारा जारी प्रेस विज्ञाप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा निर्वाचनलाई तोकिएको समयमा व्यवस्थित रुपमा सम्पन्न गर्न पराराष्ट्र मन्त्रालयलगायत बिभिन्न सरोकारहरुसंग छलफल गरि महाधिवेशनको वातावरण तयार गर्न अध्यक्ष पन्तलाई जिम्मा दिने निर्णय गरेको समेत उल्लेख छ । यसअघि संघको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले संघको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रकृया रोक्न पत्राचार गरेपछि २३ देखी २५ अक्टोवरका लागि तय गरिएको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन केपी ओलीलाई बारको ज्ञापनपत्र यसवर्ष ढोरपाटनमा चुके सिकारी बुटवलको दीप बोर्डिङ्ग स्कूलमा ‘दीप स्वाट’ सैनामैनामा कर्मचारी संगठनको नयाँ नेतृत्व रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सतर्कता काँग्रेस केन्द्रिय सदस्यमा लुम्बिनीका ऊर्जा, जलस्रोत मन्त्री रानाको उमेद्वारी झापामा वर्षमा आठ सय बढी हराउँछन्, मान्छे हराउँदा आधा मात्र भेटिन्छन् राष्ट्रियसभा निर्वाचन कार्यतालिका : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली, ६ घण्टा मतदान सभापतिको साझा उम्मेदवार चयन गर्न चाक्सीबारीमा पौडेल-कोइराला समूहको बैठक सुरु इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु सीमा नाकामा ओमिक्रोनको त्रास : भारतबाट भित्रिनेहरू विशेष निगरानीमा ओमिक्राेन बिरामीले भरिए अस्पताल मालीमा भएको आतङ्कवादी हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्वारा निन्दा राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा तीन जोनका लागि रु पाँच करोड विनियोजन न्यानो घर निर्माणमा आर्थिक अभाव कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बाधक ! कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित एक सय ३४ जना निर्वाचनबाट चुनिँदै नारायणी नदी तटबन्धनका लागि पाँच अर्ब जुटाइँदै, भरतपुर महानगरको सक्रियता मकवानपुरमा कोरोना विरुद्धको खोप लगाएकी महिलाको मृत्यु