१५ मंसिर २०७८, बुधबार

Dec 1, 2021

काठमाडौ।नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ । सोमबारबाट सुरु भएको स्थायी कमिटी आज मंगलबार दोस्रो दिन पनि जारी रहेको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजेबाट बैठक बसिरहेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

बैठकमा आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलन केन्द्रित छलफल भइरहेको बुझिएको छ । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने यसअघि नै निर्णय गरिसकेको छ । राष्ट्रिय सम्मेलनअघि पार्टी कमिटीका तल्ला तहका अधिवेशनहरू गर्ने तयारीमा रहेको सो पार्टीले आगामी साता कार्तिक १३ गते वडा सम्मेलन गर्नेछ ।

त्यस्तै मङ्सिर ४ गते पालिकाहरूको सम्मेलन गर्ने प्रस्ताव गरिएको छ । माओवादी शीर्ष नेताहरूले तोकिएकै समयमा राष्ट्रिय सम्मेलन गर्ने गरी तल्ला तहका अधिवेशनहरूको तयारी गर्न मातहतका कमिटीलाई निर्देशन दिँदै आएका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक र उपकरण अभावले थला परेको अस्पताल तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम अपाङ्गता भएका व्यक्तिका कुरा उठान गर्न माग गर्दै पत्रकारलाई कलम वितरण उद्योगमैत्री वातावरण बनाऊँ : प्रदेश प्रमुख शेरचन एकीकृत समाजवादीको कार्यालय उद्घाटन गर्न बुटवल आउँदै माधव नेपाल चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ राष्ट्रपति भण्डारीले जारी गरिन् ६ अध्यादेश एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिबारे लुम्बिनी सरकारको चासो कांग्रेस प्रदेश अधिवेशनको उद्घाटनसत्र भोलि, प्रदेश-२ का केही जिल्लामा विवाद कायमै रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन रुपन्देहीका पत्रकारद्वय कंडेल र नेपाललाई रोटरी पत्रकारिता पुरस्कार तीन हजार पर्यटन मजदूरलाई राहत मतदाता नामावली संकलन पालिकाबाटै गरिने भरुवा बन्दुकसहित एक जना पक्राउ ओमिक्रोन भेरियन्टको कारण जापानले रोक्यो नयाँ आगमन उडान बुकिङ वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, तर ओली भृकुटीमण्डप पुगेनन् नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण, ३ को मृत्यु मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु