ताजा अपडेट »

पाल्पाको तिनाउमा आँखा उपचार केन्द्र

बुधबार, २० असोज २०७८, १८ : ०१
24 Shares

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाको दोभानमा आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले एक कार्यक्रमबीच उक्त आँखा उपचार केन्द्रको उद्घाटन गरेका हुन् ।

सो अवसरमा अध्यक्ष घर्तीले मानवशरीरको संवेदनशील अङ्ग मध्येको आखाँको उपचारको अब गाउँपालिका भित्रै हुने र बेलाबेलामा गाउँबस्ती नै पुगेर आखाँ शिवीरको आयोजना गरी नागरिकको सेवा गर्ने लक्ष्य रहेको बताए । यस्तै नेपाल नेत्र ज्योती संघ पालपाका सचिव भिमसेन कार्कीले तिनाउ गाउँपालिका र पाल्पा लायन्स लाकौल आँखा अस्पतालको सहकार्यमा तिनाउ आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको जानकारी दिए ।

कार्यक्रममा गाउँपालिका अपाध्यक्ष दमयन्ती थापा, प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ, नेत्र चिकित्सक रुसेन केसी, वडाध्यक्षहरु रोमबहादुर लम्तरी, राजेश श्रेष्ठ, प्रेम पाण्डे, दलबहादुर दर्लामी, तिनाउ नर्सिङ ईन्चार्ज रिता थापा लगाएतले शुभकामना मन्तव्य राखेका थिए । भिमसेन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य पाल्पा लायन्स लाकौल आँखा अस्पतालका व्यवस्थापक जीवनाथ गैरेको रहेको थियो भने कार्यक्रमको सञ्चालनको समितिका सदस्य प्रफुल्ल शर्माले गरेका थिए ।

उक्त क्लिनीकमा सहायक नेत्र चिकित्सक र एक जना सहयोगीबाट दैनिक सेवा प्रदान गरिने साथै अप्रेशन गर्नुपर्ने विरामीलाई पाल्पा वा रुपन्देही रिफर गरिने जनाईएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।