१ कार्तिक २०७८, सोमबार

Oct 18, 2021

बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा बिहिबारदेखि बुटवलमा दशैं सस्तो बजार हुँदैछ । संघको सचिवालय बालमन्दिर परिषरमा घटस्थापनादेखि पञ्चमीसम्म ५ दिन सञ्चालन गरिने दशैं सस्तो बजारमा नेपाल राष्ट्र बैंकबाट नयाँ नोट सटहीको व्यबस्था सहित साल्ट ट्रेडिङ्, दुग्ध बिकास संस्थाका दुधबाट बनेका परिकार लगायतका ३० वटा स्टल राखिने दशैं सस्तो बजारका संयोजक बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य कृष्ण श्रेष्ठ (कुलप्रसाद)ले बताए ।

उनका अनुसार एक बस्तुको एउटा मात्रै स्टल राखिनेछ । दशैं सस्तो बजारमा राखिएका बस्तु बाहिर बजारमा भन्दा सस्तोमा उपलब्ध गराईने संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी गराए । संघले प्रत्येक वर्ष दशैंमा सस्तो बजार सञ्चालन गर्दै आएको छ । तर कोरोना महामारीका कारण अंघिल्लो वर्ष हुन सकेको थिएन ।

यो वर्ष कोरोना महामारीको संक्रमण न्यून भएकाले स्वास्थ्य मापदण्डको पालना गरि सस्तो बजार सञ्चालन गर्न लागिएको संघका महासचिव बिमलराज भट्टराईले बताए । अहिले सञ्चालन गर्न लागिएको २० औं संस्करणको दशैं सस्तो बजार हो । यो २० औं संस्करणको दशैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तुहरु, खाद्यान्न, चिनी, तेल, नुन, आटा, दाल, चिया, दुग्धजन्य उत्पादन, पुजा सामाग्रि, मसला, माछा मासु लगायतका स्टलहरु समावेश गरिने संघले जनाएको छ ।

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीको समृद्धिका लागि सदैब प्रयत्नशिल रहनेछु : गृहमन्त्री खाँण बाढीले डाइभर्सन बगायो, पुर्व–पश्चिम राजमार्ग अवरुद्ध दुई दिनको वर्षाले धानबाली नष्ट, काटेर राखेका धान पनि खेतमै डुब्यो भित्र्याउने बेलाको रुपन्देहीको धानबालीमा वर्षाले क्षति, क्षतिको विवरण आउन बाँकी जेम्स बोन्डको सम्पत्ति सन्तानले नपाउने प्रकृतिसँग रमाउन सिद्धबाबाधाम मनकामनामा बस दुर्घटना : ३० घाइते, १० को अवस्था गम्भीर बजारमा गोलभेडाको मुल्य बढ्दा साना किसानको टनेलबाटै खोसाखोस सुविधा मात्रै लिएर बित्यो चार वर्ष, भूमिकाविहीन जिसस अभिषेक, दर्शन, मनिष र आयुष सम्मिलित यू–२३ टोलीकाे घोषणा हिन्दू मन्दिर तोडफोड, मुसलमानको ज्यादतीबिरुद्ध भोक हड्ताल घोषणा आईसीएफसी फाइनान्सको १०% बोनस सेयर र ४% नगद लाभांश घोषणा गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी : १० स्थायी दरबन्दी १ कर्मचारी श्रीमतीको लौरो प्रहारबाट श्रीमानको ज्यान गयो,श्रीमती गम्भिर घाइते रुपन्देही आउन लागेका गृहमन्त्री खाँण काठमाण्डौंमा रोकिए स्वदेश फर्कियो साफ उपविजेता नेपाली टोली पानीले खर कुहिएपछि किसान मर्कामा हिमाली भेगमा यसरी हुँदैछ बलिवुड चलचित्र उँचाईको छायांकन टी-ट्वान्टी विश्वकपमा आज पनि दुई खेल सुकाएको खर पानीले कुहिएपछि किसान मर्कामा