४ कार्तिक २०७८, बिहीबार

Oct 21, 2021

तेह्रथुम । तेह्रथुम छथर शुक्रबारे बजारमा सुमन खुलालले ६० लाख रुपैयाँ खर्चेर घर बनाए । सानो कच्ची घरमा व्यवसाय गर्दै आएका उनले सरकारले लालपुर्जा वितरण गर्ने खबर पाएपछी नयाँ घर बनाएका हुन् ।  ३१ वर्षदेखि बसोबास गर्दै आएका खुलाल पुर्जा पाउने आशमा वर्षाैं बिताए । तर, अझै पाउन सकेका छैनन् । 

Advertisement

विभिन्न तहका सरकार फेरिए । तर, नागरिकको समस्या फेरिएन । ‘स्थानीय सरकार आएपछि त पुर्जा पाइला भन्ने आश थियो । तर, त्यो पनि पूरा भएन’, उनले भने । उनी जस्तै चुडामणि जोशीले ६५ लाख रुपैयाँ खर्चर घर बनाएर व्यवसाय गर्दै आएका छन् । उनले पनि अहिलेसम्म पुर्जा पाउन सकेका छैनन् । खुलाल र जोशी जस्ता यहाँ करिब २५० घर लालपुर्जाविहीन छन् । स्थानीय सरकार आएको पनि चार वर्ष बित्यो । तर, यहाँको नागरिकहरूको समस्या सुल्झिएन ।

अव्यवस्थित रूपमा रहेको यो बजारमा ४० वर्षदेखि बसोबास गर्दै आए पनि अझै पुर्जा पाउन सकेका छैनन् । लाखौँ रुपैयाँ खर्चेर दर्जनभन्दा बढी पक्की तथा करिब ३०० घर कच्ची छन् । लालपुर्जा नहुँदा यहाँ निमार्ण भएका घर खरिद बिक्रीमा त समस्या छ नै, कुनै व्यापार व्यवसाय गर्न बैंक तथा वित्तीय संंस्थाबाट ऋणसमेत नपाउँदा व्यवसाय चलाउन नै समस्या हुँदै आएको स्थानीय दुखेसो पोख्छन् । लाखाैँ रुपैयाँको घर भए पनि कुनै मुल्य नभएको स्थानीयहरू बताउने गरेका छन् । 

बजारमा निमार्ण भएका घरहरूलाई लालपुर्जा वितरणका लागि विभिन्न समयमा पटक पटक प्रयास नभएका भने होइनन् । सरकारलाई यहाँका स्थानीय निकाय तथा बजार व्यवस्थापन समितिले सिफारिस गरी माग गर्दासमेत सुनुवाइ नभएको बजार व्यवस्थापन समितिका सचिव धामबहादुर कार्कीको भनाइ छ ।  २०५८ साल गठन भएको सुकुम्वासी समस्या समाधान आयोगले यहाँका ६० घरलाई धनीपुर्जा वितरण गरेको थियो । तर, ति धनीपुर्जासमेत कागज मै सीमित बनेका छन् । पुर्जामा १० वर्षसम्म बिक्री तथा लेनदेनसमेत गर्न नपाइने जनाइएको थियो । पुर्जा वितरण गरेको २० वर्ष बितिसक्दा पनि अन्यले पुर्जा पाउन सकेका छैनन् । 

स्थानीय सरकारले लालपुर्जा वितरणसम्बन्धी ऐन तयार गरी प्रक्रिया अगाडि बढाइएको छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताए । सरकारले लालपुर्जा वितरण गर्न नसक्दा बजारबाट प्राप्त हुने कर गुमाइरहेको छ ।-न्यूज कारखाना 

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

पुरानै लयमा फर्किदै छ बेनी बजार विश्वकै सबैभन्दा लामो लकडाउन आजदेखि खुल्दै हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख धान डुब्यो, गहुँ लाउने आश मर्‍यो बुद्धको महापरिनिर्वाण भएको कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भारतमा नौ महिनामा एक अर्बले लगाए खोप नेपाली फिल्म ‘एक्सन नाइन’मा सुनिल शेट्टीको इन्ट्री महिला मेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र बागमती भिड्दै प्रधानमन्त्री देउवा आज कर्णाली र सुदूरपश्चिमको निरीक्षणमा जाँदै अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन चितवनको ३० प्रतिशत धानबालीमा क्षति बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती सिद्धार्थ राजमार्ग अवरुद्ध बालुवा बाेकेकाे ट्रक दुर्घटना, चालकको मृत्यु बाढी-पहिराेमा परी हालसम्म ९५ जनाको मृत्यु, ३६ बढी बेपत्ता [कुन जिल्लामा कति ?] श्रीलंका टि-२० विश्वकपको सुपर १२ मा प्रवेश अविरल वर्षाले हुम्लामा २० घर भत्किए आज एमाले स्थायी कमिटी बैठक, यी हुन् पाँच एजेण्डा केन्द्रको हस्तक्षेपले राेकियाे एनआरएनए भेला विद्यालय पुनः निर्माणका लागि एक अर्ब ३३ करोड अपुग