ताजा अपडेट »

मेस्सी बने च्याम्पियन्स लिगमा लगातार १७ औं सिजन गोल गर्ने खेलाडी

बुधबार, १३ असोज २०७८, १६ : ३३
2 Shares

एजेन्सी । अर्जेन्टिनाका स्टार फरवार्ड लियोनेल मेस्सीले गोल मद्दतमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।

पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको खेलमा पीएसजीले सिटीलाई २–० ले पराजित गरेको हो । एक गोल इड्रिसा गाना गुआईको नाममा रह्यो । खेलको आठौं मिनेटमा इड्रिसा गाना गुआईको गोलबाट घरेलु टोली पीएसजीले अग्रता लिएको थियो । खेलको ७४औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । उनले केलियन एमबाप्पेको पासमा गोल गर्न सफल भएका थिए । मेस्सीले नयाँ सिजनमा पीएसजीका लागि चार खेल खेल्दा गोलको खडेरी तोड्न सफल भए ।

पीएसजीका लागि पहिलो गोल गरेका मेस्सीले च्याम्पियन्स लिगमा नयाँ किर्तिमान  बनाएका छन्। उनले लगातार १७ औं सिजन गोल गर्ने किर्तिमान बनाएका हुन्। यसअघि रियल  म्याड्रिड करिम बेन्जेमाले उक्त किर्तिमान बानेका थिए। मेस्सीले सन् २००५/०६ को सिजनमा पानाथाईनाकस फुटबल क्लबविरुद्व पहिलो च्याम्पियन्स लिग गोल गरेका थिए। हालसम्म मेस्सीले च्याम्पियन्स लिगमा १२१ गोल गरेका छन्। जसमा १२० गोल बार्सिलोनाबाट गरेका छन्।  

यही समूह ‘ए’ को अर्काे खेलमा जर्मन क्लब आरबी लाइप्जिग घरेलु मैदानमा बेल्जियन टोली क्लब ब्रुगसँग २–१ ले पराजित भएको छ । यो नतिजापछि पीएसजी दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लन सफल भएको छ । पराजित सिटी ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा क्लब ब्रुग ४ अंक जोडेर दोस्रो स्थानमा रहँदा लाइप्जिग अंकविहीन हुदै पुछारमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।