ताजा अपडेट »

बुटवलको कालिका चोकमा बस दुर्घटना, ८ जना घाइते

विहीबार, ३१ भदौ २०७८, ०८ : ०५
10 Shares

बुटवल । बुटवलमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बस कालिका चोकमा अनियन्त्रित भई दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ। 

लु २ ख ७८९ नम्बरको बस अनियन्त्रित भई सडक छेउमै पल्टिएको हो।  बिहानैदेखिको सिमसिम वर्षाको कारणले सडकमा पानी जमेकोले अनियन्त्रित भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ । घाइतेहरुको चौराहा अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । सबै घाइतेको अवस्था सामान्य रहेको र अन्य आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।