ताजा अपडेट »

जसपा बुटवल नगरको प्रशिक्षण तथा सुज अभियान अभिमुखिकरण

आइतबार, २७ भदौ २०७८, १३ : १८
8 Shares

बुटवल । जनता समाजवादी पार्टी (जसपा) बुटवल नगरको प्रशिक्षण तथा सुज अभियान अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बुटवल उपमहानगर कमिटीको आयोजनामा शनिबार भएको प्रशिक्षण तथा सुज अभियान अभिमुखिकरण कार्यक्रम जसपाबाट लुम्बिनी प्रदेशमा मन्त्री भएकालाई सम्मान समेत गरिएको थियो ।

लुम्बिनी प्रदेशमा जसपाका नेता सहसराम यादव भौतिक पुर्वाधारमन्त्री, पुरमति ढेगा मगर र सुमन शर्मा रायमाझि बिना विभागीय मन्त्री बन्नेका छन् । प्रशिक्षण तथा सुज अभियान अभिमुखिकरण कार्यक्रममा बोल्ने नेताहरुले मुलुकलाई अग्रगामी निकास दिने र जनताका समस्याहरू हल गर्ने सवालमा मौजुदा सबै पार्टीहरू असफल सिद्ध भइसकेकाले अबको विकल्प जसपा नै भएको दाबी गरेका थिए ।

कार्यक्रममा केन्द्रिय सद्स्य एवं प्रशिक्षक मणिकर कार्की, केन्द्रिय सद्स्य एवं लुम्बिनी प्रदेश सह–इन्चार्ज नविन सुनुवार, केन्द्रीय सद्स्य बिमल गिरी, दलित मुक्ति महासंघ लुम्बिनी प्रदेश अध्यक्ष सावित्रा बिक, जसपा बिपत व्यवस्थापन समिति लुम्बिनी प्रदेश सम्योजक हरि घर्तिमगर र जिल्ला सदस्य दिपक गुरुङ लगायतको उपस्थिति थियो ।

कार्यक्रम नगर अध्यक्ष बामदेव भुसालको अध्यक्षतामा, सेवानन्द न्यौपानेको स्वागत र नगरसचिव तेजु राना मगरले सन्चालन सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।