४ कार्तिक २०७८, बिहीबार

Oct 21, 2021

जकार्ता । इन्डोनेसियाको एक जेलमा भएको आगलागीमा परी मुत्यु हुनेको सङ्ख्या ४४ पुगेको बताइएको छ । इन्डोनेसियाको राजधानी जकार्तानजिकैको तांगेराब भन्ने नगरमा रहेको एक जेलमा गत बुधबार आगलागी भएको इन्डोनेसियाको कानून तथा मानवअधिकार मन्त्रालयले जानकारी दिएको हो ।

बुधबार भएको त्यस आगलागीमा परी तत्काल ४१ जनाको निधन भएको थियो । आगलागीमा परी घाइते भएकालाई अस्पतालमा राखिएको छ । अस्पतालमा रहेकामध्ये बिहीबार थप तीन जनाको मृत्यु भएपछि यो सङ्ख्या ४४ पुगेको बताइएको छ । सो आगलागीमा परेर घाइते भएकामध्ये अझै केहीको उपचार भइरहेको र केही गम्भीर अवस्थामा रहेका सो मन्त्रालयले जनाएको छ । आगलागीको कारण थाहा नभएको र त्यस विषयमा अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।-रासस

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

विश्वकै सबैभन्दा लामो लकडाउन आजदेखि खुल्दै हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख धान डुब्यो, गहुँ लाउने आश मर्‍यो बुद्धको महापरिनिर्वाण भएको कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भारतमा नौ महिनामा एक अर्बले लगाए खोप नेपाली फिल्म ‘एक्सन नाइन’मा सुनिल शेट्टीको इन्ट्री महिला मेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र बागमती भिड्दै प्रधानमन्त्री देउवा आज कर्णाली र सुदूरपश्चिमको निरीक्षणमा जाँदै अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन चितवनको ३० प्रतिशत धानबालीमा क्षति बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती सिद्धार्थ राजमार्ग अवरुद्ध बालुवा बाेकेकाे ट्रक दुर्घटना, चालकको मृत्यु बाढी-पहिराेमा परी हालसम्म ९५ जनाको मृत्यु, ३६ बढी बेपत्ता [कुन जिल्लामा कति ?] श्रीलंका टि-२० विश्वकपको सुपर १२ मा प्रवेश अविरल वर्षाले हुम्लामा २० घर भत्किए आज एमाले स्थायी कमिटी बैठक, यी हुन् पाँच एजेण्डा केन्द्रको हस्तक्षेपले राेकियाे एनआरएनए भेला विद्यालय पुनः निर्माणका लागि एक अर्ब ३३ करोड अपुग रूसमा कोरोना बढेपछि अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म बिदा दिने घोषणा