ताजा अपडेट »

नेपालमा थपिए १ हजार ६६४ कोरोना संक्रमित, २० जनाको मृत्यु

मंगलबार, १५ भदौ २०७८, १८ : ००
4 Shares

बुटवल । नेपालमा थप १ हजार ६६४ जनामा कोरोना संक्रमणको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट १५२३ र एन्टिजेन विधिबाट १४१ गरि १ हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ६२ हजार ६४७ र एन्टिजेनबाट ८३ हजार ५०५ जना पुगेको छ ।

यस्तै, नेपालमा थप १ हजार ७८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख १६ हजार ३०६ जना पुगेको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा २० जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ७५० पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।