ताजा अपडेट »

विधेयक विरुद्ध कांग्रेसको विरोध, कालो दिनका रुपमा मनाउने

शुक्रबार, ११ माघ २०७५, ११ : २९
14 Shares

माघ ११,

बुटवल । आफनो पार्टीको बिरोधका बाबजुद सरकारले जबरजस्ती चिकित्सा शिक्षा बिधेयक सदनबाट पास गरेको भन्दै नेपाली काँग्रेस रुपन्देहीले आज दिनलाइ कालो दिनका रुपमा मनाउने भएको छ । काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकद्धारा जारी बिज्ञप्तीमा कालो दिनका रुपमा आज साँझ ६ बजेपछि जिल्लाका बिभिन्न स्थानमा राके जुलुस सहित बिरोध प्रदर्शन गर्ने जनाइएको छ । काँग्रेसले बुटवलको राजमार्ग चौराह, भैरहवा, सैनामैना, देवदहको खैरेनी,तिलोत्तमाको मणिग्राम,लुम्बिनी र धकधहीमा राके जुलुस निकाल्ने तयारीमा गरीरहेको पार्टी सभापती अब्दुल रज्जाले जानकारी दिनु भयो ।

पार्टी सभापती रज्जाकद्धारा जारी बिज्ञाप्तीमा सरकारले बहुमतको दम्भ प्रदर्शन गर्दै जबरजस्ती सदनबाट बिधेयक पास गर्नुलाइ दुर्भाग्यपुर्ण र लोकतन्त्र बिरोधी कदम भनिएको छ । बिधेयकलाइ लिएर डा. गोबिन्द केसी अनसनमा बसीरहेकै बेला उनका जायज मागलाइ सम्बोधन गर्नुको साटो जबरजस्ती बिधेयक पास गर्नुले सरकार आम नेपाली जनताको नभइ माफीयाहरुको चङगुलमा फासेको स्पष्ट भएको भन्दै काँग्रेस रुपन्देहीले अव चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने पनि जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।