ताजा अपडेट »

आड्रा नेपालद्वारा लम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य सामग्री

बुधबार, २७ साउन २०७८, २२ : ३५
10 Shares

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताललाई आड्रा नेपालले स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । बुधबार अस्पताल परिसरमा एक कार्यक्रमको आयोजना गरी सो संस्थाले अस्पताल व्यवस्थापन समितिलाईसामग्री हस्तान्तरण गरेको हो ।

अष्ट्रेलीयन एडको सहयोगमा आड्राले पीपीई १ हजार थान, गुल्कोमिटर १० थान, गुल्कोमिटर स्टिप ३ सय थान, अक्सिजन कन्सेन्टर ५, एन ९५ मास्क १ हजार प्याकेट, सेनिटाइजर सय बोतल, मेडिकल मास्क ५ हजार तथा ग्लोब्स, भाइटल मनिटर अस्पताललाई सहयोग गरेको छ ।

संस्थाका धर्म रोकायले महामारीको समयमा स्वास्थ्य संस्थालाई थप सहयोग पुराउनका लागि सहयोग गरिएको बताए । आड्राले उपलब्ध गराएका ती सामग्री बुझ्दै अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले सबैको समन्वयमा महामारी जित्न सकिने बताए । उनले सरकारी अस्पताल सुधार गर्न सबैको सहयोग आवश्यक रहने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।