ताजा अपडेट »

चट्याङ लागेर बालकको मृत्यु

मंगलबार, १९ साउन २०७८, १२ : २५
2 Shares

बैतडी । चट्याङ लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–९ मङरुका ९ वर्षीय भरतराम कोली रहेका बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

सोमबार साँझ करीब ७ बजेतिर नजिकै रहेको पँधेरोमा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । चट्याङ लागेका बालककोे घटनास्थलमै मृत्यु भएको हो । उनीसँगै पानी भर्न गएका एक अर्का बालिका भने सकुशुल रहेका छन् । घटनास्थलमै रहेको शवको परीक्षण आज गरिने प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।