ताजा अपडेट »

इनरहृवील क्लव अफ सैनामैनाको पदस्थापन

आइतबार, १० साउन २०७८, १७ : ४२
6 Shares

बुटवल । इनरहृवील क्लव अफ सैनामैनाको पदस्थापन कार्यक्रम भएको छ । एक कार्यक्रमका बिच आज वर्ष २०२०/०२१ की अध्यक्ष दीपिका शर्माले वर्ष २०२१/०२२ की अध्यक्ष मञ्जु ज्ञवालीलाई पद हस्तान्तरण गरेकी हुन् ।

त्यसैगरी अध्यक्ष ज्ञवाललीले वर्ष २०२१/०२२ का पदाधिकारीलाई शपथ खुवाएकी थिइन्। जसमा भाइस प्रेसिडेन्टमा रीता शाही, सेक्रेटरीमा सुनिता लम्साल, टे«जररमा अनिता न्यौपाने, आइएसओमा रीता खत्री र इडिटरमा सुनिता खत्री रहेका छन्।

त्यसैगरी एग्जुकेटिभ मेम्बरमा सीता खनाल, दुर्गामाया श्रेष्ठ, अजिता न्यौपाने र कमला घिमीरे चयन भएका छन् । त्यस्तै क्लवको बोर्ड मेम्बरमा पुष्पा पाण्डे, गंगा बस्याल, विष्णुमाया गौतम, कमला पौडेल निर्वाचित भएका छन् भने, मेम्बरहरुमा लक्ष्मी श्रेष्ठ, मन कुमारी राई, केन्द्र कुमारी महत, बिमला पाण्डे,निर्मला पाण्डे,निर्मला केसी,शान्ता भट्टराई, गोमा गौतम, सीतादेवी जिसी, पार्वती भट्टराई, यमकुमारी भण्डारी, शान्ता अधिकारी, मीरा क्षेत्री, विष्णु भण्डारी, मीना भट्टराई, निर्मला अर्याल र देवी सापकोटा रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले सामाजिक क्षेत्रहरुमा महिलाहरुको सहभागिता बढ्दै गएको बताए । महिलाहरुद्धारा स्थापित यस सामाजिक क्लवले समाजमा सकारात्मक सन्देश दिएको बताए। उपप्रमुख बिना राना, इनरहृवील डिष्ट्रिक ३५० इएसओ आशा श्रेष्ठ, रोटरी क्लव अफ सैनामैनाका वर्ष २०२१/०२२ का अध्यक्ष गणेश भुसाल, लगायतले बोल्दै नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गरे। अध्यक्ष शर्माले आफ्नो कार्यकालमा विभिन्न कार्यक्रमको संयोजन सँगै विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने व्यक्तिहरुलाई सम्मान सँगै मायाको चिनो प्रदान गरेकी थिइन् ।

पदस्थापन कार्यक्रम अध्यक्ष दिपीका शर्माको अध्यक्षता, सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता, उपप्रमुख बिना राना, इनरहृवील डिष्ट्रिक ३५० इएसओ आशा श्रेष्ठको विशिष्ठ आतिथ्यता तथा रोटरी क्लव अफ सैनामैनाका वर्ष २०२१/०२२ का अध्यक्ष गणेश भुसाल,रोट्रयाक्ट क्लव अफ सैनामैना अध्यक्ष प्रज्वल भुसाल, इनरहृवील क्लव अफ मिडटाउनका आइपिपी मिठ्ठु भण्डारी, प्रेसिडेन्ट सरस्वती ढुंगना, उमा ढकाल, दुर्गा आचार्य, मिन प्रसाद ज्ञवाली लगायतको आतिथ्यतामा कार्यत्रम भएको हो । कार्यक्रमको सञ्चालन सेक्रेटरी रीता शाहीले गरे।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।