१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

नयाँ दिल्ली । भारतमा विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमितको थप सङ्ख्या ३९ हजार ७४२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी गराएको छ । यो अवधिमा कोभिड–१९ सङ्क्रमित ५३५ व्यक्तिको मृत्युभएको पुष्टि गरिएको छ । भारतमा आइतबारसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख आठ हजार २१२ रहेको छ भने अहिलेसम्म कोभिड–१९ सङ्क्रमण भई निको हुनेको सङ्ख्या तीन करोड पाँच लाख ४३ हजार १३८ पुगेको छ । अहिलेसम्म कोभिड–१९ सङ्क्रमित चार लाख २० हजार ५५१ व्यक्तिको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिले कोभिड सङ्क्रमणपछि निको हुनेको दर ९७.३६ रहेको छ भने शनिबार ३९ हजार ९७२ कोभिड–१९ सङ्क्रमित व्यक्ति निको भएको तथ्याङ्क सरकारको छ । खोप अभियान र नियन्त्रणका लागि लकडाउन तथा अन्य उपाय अवलम्बन गरेका कारण लगातार ३४ दिनसम्म सङ्क्रमण दर तीन प्रतिशतभन्दा कम रहेको छ भने अघिल्लो दिन यो दर २.३१ प्रतिशत कायम भएको छ । सरकारी अधिकारीका अनुसार भारतमा जारी राष्ट्रिय खोप अभियान अन्तर्गत अहिलेसम्म ४३ करोड ३१ लाख मात्रा खोप लगाइएको छ भने ४५ करोड ६२ लाख व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

वैचारिक कम्यूनिष्ट पार्टी बनाउन समाजवादीले नेतृत्व गर्छ : खतिवडा अर्थमन्त्री पौडेलले जारी गरे कम्तिमा साढे २४ अर्ब बचाउने निर्देशिका (पूर्णपाठसहित) अन्तर मावि दौड : आयोजक देवदह माविका सन्तु थापा पहिलो मणिमुकुन्द रनिङ शिल्ड भलिबल माघ २४ देखि, ४ प्रदेशका ११ समूह भिड्दै लुम्बिनी प्रदेशमा १० मन्त्रालय रहने होराइजन स्पोर्टस् पुरूष भलिबलमा प्रथम, महिला भलिबलमा द्वितीय धनगढीबाट ब्राउनसुगरसहित एक युवक पक्राउ पाठेघर खसेका ३२ महिलाको निःशुल्क उपचार गरिदिने हलेसी तुवाचुङको तयारी सन्दिपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन “बापू”को आगमनले उत्साहित लुम्बिनीका व्यवसायी, ९० प्रतिशत होटल बुक पोखरा जहाज दुर्घटना: छ जनाको डिएनए परीक्षण सुरू अन्तर बैंक एटीएम शुल्क घट्याे क्यान बोर्ड बैठक- अध्यक्षसहित पाँच जनाको राजीनामा माग्दै सात केन्द्रीय सदस्यले छाडे बैठक कक्ष फैसलाको पूर्णपाठ आएपछि मात्र माओवादीले गृहमन्त्रीबारे निर्णय गर्ने माइकलको बायोपिकमा माइकल ज्याक्सन बन्दै जाफर लिदी पहिरोबाट विस्थापित ४१ घरधुरीले पाए जग्गाधनी पुर्जा नेतृत्वप्रति वितृष्णा कथनी र करनी बीचको अन्तरको प्रतिफल एसियन हाइड्रोपावरकाे २७ माघदेखि आईपीओ खुल्ने पालिकाबाटै सीसी क्यामेराले रोहिणीको निगरानी गृहमन्त्री पदले साझेदारमा खटपट : रविको प्रस्तावमा सकारात्मक देखिएनन् प्रधानमन्त्री