१८ माघ २०७९, बुधबार

Feb 1, 2023

काठमाडौं । देशभर कोरोना संक्रमणदर स्थिर हुँदा पुनः संक्रमणदर घटाउन बन्दाबन्दी हुन सक्ने आँकलन थालिएको छ । अहिले नेपालमा संक्रमणदर १९।३ प्रतिशत रहेको छ । संक्रमितको संख्या घटेको देखिए पनि संक्रमणदर उल्लेखनीय रूपमा ओरोलो लाग्न सकेको छैन ।

Advertisement

संक्रमणदर उल्लेखनीय रूपमा नघट्दा पुनः बन्दाबन्दी हुन सक्ने अनुमान गरिरहँदा जनस्वास्थ्यविद् र चिकित्सकहरूले भने बन्दाबन्दी नै कोरोना नियन्त्रणको प्रमुख उपाय नभएको तर्क गर्न थालेका छन् । जनस्वास्थ्यका मापदण्ड पालना गरेको अवस्थामा बन्दाबन्दी नै गर्न नपर्ने उनीहरूको तर्क छ ।

काठमाडौं उपत्यकाभित्र संक्रमण रोकथामका लागि बन्द गरिएका सार्वजनिक सवारी साधन सञ्चालनमा आउन थालेपछि संक्रमितको संख्या बढ्न थालेको छ । काठमाडौं उपत्यकामा गत २२ असारदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याइएको थियो ।

त्यस दिन अर्थात् २२ असारमा सक्रिय संक्रमितको संख्या २५ हजार ८ सय २८ रहेको थियो । यो संख्या बढेर शुक्रबार २७ हजार ६ सय ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी दिइसकेको छ । जबकि स्वास्थ्य मन्त्रालय गत २२ असारमा काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीबीचको बैठकमा निषेधाज्ञा खुकुलो गराउने निर्णय हुँदा सरोकारवाला निकायले असन्तुष्टि व्यक्त गरेका थिए ।

यता पछिल्लोपटक शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामो दूरीका सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । लामो दूरीका सवारी साधन सञ्चालन गर्दा उपत्यकाबाहिरका व्यक्ति सहज रूपमा उपत्यका भित्रन सक्ने हुँदा संक्रमण दर बढ्ने अनुमान गरिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

Flash News

वैचारिक कम्यूनिष्ट पार्टी बनाउन समाजवादीले नेतृत्व गर्छ : खतिवडा अर्थमन्त्री पौडेलले जारी गरे कम्तिमा साढे २४ अर्ब बचाउने निर्देशिका (पूर्णपाठसहित) अन्तर मावि दौड : आयोजक देवदह माविका सन्तु थापा पहिलो मणिमुकुन्द रनिङ शिल्ड भलिबल माघ २४ देखि, ४ प्रदेशका ११ समूह भिड्दै लुम्बिनी प्रदेशमा १० मन्त्रालय रहने होराइजन स्पोर्टस् पुरूष भलिबलमा प्रथम, महिला भलिबलमा द्वितीय धनगढीबाट ब्राउनसुगरसहित एक युवक पक्राउ पाठेघर खसेका ३२ महिलाको निःशुल्क उपचार गरिदिने हलेसी तुवाचुङको तयारी सन्दिपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन “बापू”को आगमनले उत्साहित लुम्बिनीका व्यवसायी, ९० प्रतिशत होटल बुक पोखरा जहाज दुर्घटना: छ जनाको डिएनए परीक्षण सुरू अन्तर बैंक एटीएम शुल्क घट्याे क्यान बोर्ड बैठक- अध्यक्षसहित पाँच जनाको राजीनामा माग्दै सात केन्द्रीय सदस्यले छाडे बैठक कक्ष फैसलाको पूर्णपाठ आएपछि मात्र माओवादीले गृहमन्त्रीबारे निर्णय गर्ने माइकलको बायोपिकमा माइकल ज्याक्सन बन्दै जाफर लिदी पहिरोबाट विस्थापित ४१ घरधुरीले पाए जग्गाधनी पुर्जा नेतृत्वप्रति वितृष्णा कथनी र करनी बीचको अन्तरको प्रतिफल एसियन हाइड्रोपावरकाे २७ माघदेखि आईपीओ खुल्ने पालिकाबाटै सीसी क्यामेराले रोहिणीको निगरानी गृहमन्त्री पदले साझेदारमा खटपट : रविको प्रस्तावमा सकारात्मक देखिएनन् प्रधानमन्त्री