२१ असार २०७९, मंगलवार

Jul 5, 2022

बुटवल । प्रदेशको गौरबको आयोजनाका रुपमा रहेको निमार्णधिन उजिरसिह रंगशाला स्थित भुपु सैनिक जवाई स्पोर्टिङ क्लबले शुक्रबार लुम्बिनी प्रदेश खेलकूद परिषद सदस्य सचिव तथा सदस्यहरुलाई स्वागतसहित बधाई ज्ञापन गरेको छ ।

क्लबका अध्यक्ष गोपीराम पुन, जिल्ला खेलकुद विकास समिति रुपन्देहीका निवर्तमान अध्यक्ष योग गुरुङ, बुटवल उपमहानगरपालिका वडा नं. १३ वडाअध्यक्ष नारायण पुन, क्लबका महासचिव चित्र बहादुर थापा, नेपाली काग्रेस वडा वुथ सभापति पुरुषोत्तम बश्यालले लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य सचिव भिम वली, कोषाध्यक्ष कृष्ण देवकोटा, सदस्य उमा अधिकारी, कुष्ण कुमाल, सन्दिप चापागाईलाई स्वागत गर्दै बधाई दिएका हुन । लुम्बिनी प्रदेश खेलकूद परिषद सदस्य सचिव भिम वलीले एकै पटक शुरु भएको प्रदेशको गौरवका आयोजना मध्ये उजिरसिंहको काम डिपिआरमा रोकिएको भन्दै अब काम अघि बढ्ने बताए ।

जिल्ला खेलकुद विकास समिति रुपन्देहीका निवर्तमान अध्यक्ष योग गुरुङले नेतृत्व नहुदा विकासको गति रोकिएको भन्दै प्रदेशको परिषदमा उर्जावान नेतृत्व प्रवेशहुँदा काम अघि बढ्नेमा विश्वास व्यक्त गरे । यता बुटवल उपमहानगरपालिकाका नगर योजना आयोगका सदस्य सचिव मेघराज भट्टराईले प्राविधिक कारणले काम ढिलाई भएको बताए । प्रदेश र स्थानीय सरकारको सहकार्यमा कामलाई तिब्रता दिईने बताए । ढाई वर्षअघि शुरु भएको कामको जग्गा प्राप्तीका लागि काम चलिरहेको भन्दै डिपिआर र ईआईए सम्पन्न भइसकेको उनले बताए । करीब ३८ करोडको आयोजनाको टेण्डर छिटै हुने उनले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नगरपालिकाको सार्वजनिक सुनुवाइमा जम्मा ३ जना सर्वसाधारणको सहभागिता ! नागरिकता विधेयक : पुरानो फिर्ता, नयाँ संशोधन विधेयक पेस गर्ने कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ