ताजा अपडेट »

प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षी खानले दिए बधाई

सोमबार, ०४ साउन २०७८, ११ : ००
4 Shares

बुटवल । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । आइतबार साँझ ससद्मा विश्वासको मत प्राप्त गरेका प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षी खानले सोमबार बिहान ट्वीटमार्फत बधाई दिएका हुन् ।

खानले नेपालसँगको सम्बन्धलाई प्रगाढ बनाउन चाहेको र दुवै मुलुकको साझा चासोमा सहकार्य गर्न तयार रहेको बताएका छन् ।यसअघि आइतबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार १६५ जना सांसदले विश्वासको मत दिएका छन् । प्रधानमन्त्री देउवाको विपक्षमा ८३ मत खस्यो भने ‘मत दिन्नँ’ भन्ने पक्षमा १ मत खसेको थियो । देउवालाई एमालेका २२ जना सांसदले समेत विश्वासको मत दिएका थिए ।

देउवाले साउन २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सर्वोच्च अदालतको साउन २८ गतेको फैसलाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले भोलिपल्ट देउवालाई प्रधानमन्त्री पदको शपथ खुवाएकी थिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।