ताजा अपडेट »

थप १८७५ जनामा संक्रमण, २१६४ निको

शनिबार, ०२ साउन २०७८, १६ : ४०
4 Shares

बुटवल । बितेको २४ घण्टामा देशभर १८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २१ सय बढी संक्रमणमुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार बितेको २४ घण्टामा १० हजार ६६ जनामा परीक्षण गर्दा १८७५ जनामा संक्रमण पुष्टि र सोही अवधिमा २१६४ जना संक्रमण मुक्त भएका हुन् । 

यस्तै देशभर कोरोनाबाट थप २१ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ५२७ पुगेको छ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।